मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, १४ फागुन

​चितवन, भरतपुर महानगरपालिका-६ शिवमन्दिर टोल बस्ने ५५ वर्षीय सुर्य पराजुली आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

​धादिङ, धुनिवेशी नगरपालिका-१ ढुंगाना गाउँस्थित बाटोमा सोही ठाउँ बस्ने ४६ वर्षीय बच्चु परियार बुधबार मृतअवस्थामा फेला परेका छन् ।

​धनकुटा, महालक्ष्मी नगरपालिका-५ ज्यामिरे बस्ने ७०वर्षीय भक्त बहादुर बस्नेत घर नजिकै आछामे डाँडाको खोल्सामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻 श्रोत
प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)