स्रोत नखुलेको रकम सहित पक्राउ

स्रोत नखुलेको रकम सहित पक्राउ

सर्लाही, १३ फागुन

मलंगवा नगरपालिका-८ बाट स्रोत नखुलेको रकम ७ लाख ५८ हजार ३ सय १० रूपैयाँ सहित भारत बिहार सितामाढी ग्रामपञ्चायत बिसनपुर-१५ बस्ने २२ वर्षीय चन्दन कुमार महतोलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले भारतबाटनेपालतर्फ आउँदै गरेको बीआर ३० एबि ९१८३ मोटरसाइकलमा सवार उनलाई उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻 श्रोत
प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)