हत्या गरेको अभियोगमा पक्राउ

हत्या गरेको अभियोगमा पक्राउ

रोल्पा, १३ फागुन  

आफ्नै श्रीमती ३२ वर्षीया अस्मित बुढामगरको हत्या गरेको अभियोगमा त्रिवेणी गाउँपालिका- थुम्का बस्ने ४० वर्षीय खिमलाल बुढालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

खिम लालले खुकुरी प्रहार गर्दा अस्मिताको घटनास्थलमैमृत्यु भएको भन्ने खबर प्रात हुनासाथ इलाका प्रहरी कार्यालय होलेरी र प्रहरी चौकी जुगारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻 श्रोत
प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)