शिक्षा मन्त्रीको उपस्थितिमा त्रिविका विविध विषयमा छलफल, महत्वपूर्ण सहमति
काठमाडौं, फाल्गुन ५ गते, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको उपस्थितिमा आज त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोग र शिक्षा मन्त्रालयका पदाधिकारीहरूबीच त्रिविका विभिन्न विषयमा छलफल भएको छ। बैठकमा त्रिविको वार्षिक क्यालेण्डर कार्यान्वयन, स्ववियु निर्वाचन व्यवस्थापन, समकक्षता समयमै दिने र परीक्षाफल प्रकाशन तथा ट्रान्सक्रिप्ट वितरणलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । छलफलका क्रममा त्रिविको…


