शंकर देव क्याम्पस र सिद्धार्थ क्यापिटल बीचमा साझेदारी पत्रमा हस्ताक्षर

शंकर देव क्याम्पस र सिद्धार्थ क्यापिटल बीचमा साझेदारी पत्रमा हस्ताक्षर

काठमाडौंः शंकर देव क्याम्पस त्रिभुवन विश्वविद्याल र सिद्धार्थ क्यापिटल लिमिटेड बीच शैक्षिक अध्ययनलाई वास्तविक कर्पोरेट अभ्याससँग जोड्ने उद्देश्यले एक सम्झौता सम्पन्न भयको छ. जसमा क्याम्पसको तर्फबाट स्नातकोत्तर विशेष सैक्षिक कार्यक्रमका निर्देशक डा. धन राज चालिसे र सिद्धार्थका प्रमुख कार्यकारी अधिकृत सन्दीप कार्कीले,हस्ताक्षर गरेका छन्। यस साझेदारीको उद्देश्य विद्यार्थीहरूलाई शैक्षिक अध्ययनसँगै वास्तविक व्यावसायिक अनुभव प्रदान गर्नु हो, जसले उनीहरूको व्यावासिक व्यवहारलाई अझ गहिरो रूपमा बुझ्न मद्दत पुर्याउनेछ।

सम्झौताअनुसार, सिद्धार्थ क्यापिटल लिमिटेड ले प्रत्येक इन्टेकको लागि एमबिएम र एमबिएका विद्यार्थीहरूलाई एक कार्यशाला सत्र आयोजना गर्नेछ। यी कार्यशालाले विद्यार्थीलाई व्यावासिक क्षेत्रसंग समन्धी ब्यबहारिक ज्ञानप्रदान गर्नेछन्, जसले विद्यार्थीहरूको व्यापारिक गतिविविधिहरू बुझ्न र उनीहरूको सैद्धान्तिक ज्ञानलाई वास्तविक जीवनमा प्रयोग गर्न मद्दत पुग्नेछ।साझेदारी अनुसार शंकर देव क्याम्पसका विद्यार्थी र प्राध्यापकहरूलाईएक वर्षको लागि डि म्याट र मेरोशेयरमा खाता निःशुल्क उपलब्ध हुनेछ, जसले पूंजी बजारसँग संलग्न हुने अवसर प्रदान गर्नेछ भने प्राध्यापकहरूलाई पोर्टफलियो म्यानेजमेन्ट सेवाहरूको वार्षिक मर्मत शुल्कमा ५०% छुट पनि प्राप्त हुनेछ। एमबिएम र एमबिएका विद्यार्थीहरूले सिद्धार्थ क्यापिटल लिमिटेड मा इन्टर्नशिपको लागि आवेदन दिन सक्छन्, उपलब्धता र चयन मापदण्डको आधारमा, जसले उनीहरूलाई एक व्यावासिक वातावरणमा सिक्ने अवसर हुनेछ !

साझेदारीको सबैभन्दा महत्वपूर्ण पक्ष अनुसन्धानको लागि वित्तीय सहायता हो जसमा सिद्धार्थ क्यापिटल, ले वार्षिक रूपमा कम्तिमा तीनओटा पूंजी बजार र व्यवस्थापनसँग सम्बन्धित अनुसन्धान परियोजनाहरू सञ्चालन गर्नेछ, यसले विद्यार्थीलाई शैक्षिक रूपमा महत्त्वपूर्ण अनुसन्धानमा संलग्न हुन र व्यवसायिक तथा शैक्षिक समुदायमा योगदान पुर्याउन मद्दत पुर्याउँछ। अझै महत्वपूर्ण त एमओयु ले एक इनक्युबेसन सेन्टरको संयुक्त विकास को योजना राखेको छ, जसको उद्देश्य उद्दमशिलता प्रवर्धन गर्नु हो। यो सेन्टरले विद्यार्थी र सहभागीलाई उद्यमी सीप विकास गर्न, व्यापारिक अवसरहरू अन्वेषण गर्न र नयाँ विचारहरूको सृजनामा मद्दत पुर्याउने प्लेटफर्म प्रदान गर्नेछ। समग्रमायस सम्झौताले विद्यार्थीहरूलाई सशक्त बनाउन र व्यावासिक संसारमा उनीहरूको पेशागत यात्राका सम्भावनाहरूलाई सुदृढ गर्ने अपेक्षा गरियको छ।