एन आई सी एशिया बैंक र सिद्धार्थ हस्पिटालिटीबीच सहकार्य, बैंकका ग्राहक महानुभावहरुलाई २२ आउटलेटहरूमा २० प्रतिशतसम्मको विशेष छुट

एन आई सी एशिया बैंक र सिद्धार्थ हस्पिटालिटीबीच सहकार्य, बैंकका ग्राहक महानुभावहरुलाई २२ आउटलेटहरूमा २० प्रतिशतसम्मको विशेष छुट

काठमाडौं । एन आई सी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई उत्कृष्ट सेवा र सुविधाहरू प्रदान गर्ने उद्देश्यले नेपालभर रहेका सिद्धार्थ हस्पिटालिटीका आउटलेटहरूमा विशेष छुट प्रदान गर्ने गरी विशेष सम्झौता गरेको छ । यस सम्झौतासँगै अब एन आई सी एशिया बैंकका ग्राहकहरूले सिद्धार्थ हस्पिटालिटी अन्तर्गत सञ्चालित देशभर फैलिएका होटल तथा रेस्टुरेन्टहरूमा २० प्रतिशतसम्मको विशेष छुट उपभोग गर्न सक्नुहुनेछ ।

यस सम्झौता अनुसार ग्राहक महानुभावहरुले खाद्य तथा पेय पदार्थमा अधिकतम १० प्रतिशत र आवास सेवा (एकोमोडेसन)मा अधिकतम २० प्रतिशतसम्मको छुट प्राप्त गर्न छन् । ग्राहकहरूले यस बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्दा सिद्धार्थ हस्पिटालिटीका मुलुकभर फैलिएका २२ वटा आउटलेटहरुमा उक्त सुविधा प्रयोग गर्न सक्नुहुनेछ ।

छुट लागू हुने सिद्धार्थ हस्पिटालिटीका आउटलेटहरूः

१. सिद्धार्थ होटल न्यू आनन्द, महेन्द्रनगर

२. सिद्धार्थ होटल, टिकापुर, कैलाली

३. सिद्धार्थ विलासा, भैरहवा

४. होटल सिद्धार्थ, नेपालगञ्ज

५. सिद्धार्थ कटेज, बुटवल

६. सिद्धार्थ होटल वाटर टावर, नुवाकोट

७. सिद्धार्थ होटल ग्राण्ड सिटी, बिर्तामोड

८. सिद्धार्थ बुटिक होटल, बौद्ध, काठमाडौं

९. सिद्धार्थ सनी रिसोर्ट, सुर्खेत

१०. सिद्धार्थ रिसोर्ट, चिसापानी, कैलाली

११. सिद्धार्थ होटल, नारायणघाट

१२.सिद्धार्थ वाइल्डलाइफ रिट्रिट, मेघौली

१३. सिद्धार्थ विलासा बन्दास, सौराहा

१४. सिद्धार्थ रिभरसाइड रिसोर्ट, चुम्लिङटार

१५. सिद्धार्थ कटेज रेस्टुरेन्ट, नेपालगञ्ज

१६. सिद्धार्थ कटेज रेस्टुरेन्ट, धोबीघाट

१७. सिद्धार्थ फूडल्याण्ड, पुरानो बानेश्वर

१८. सिद्धार्थ कटेज रेस्टुरेन्ट, तीनकुने

१९. सिद्धार्थ कटेज, योगिकुट्टी, बुटवल

२०. एस क्याफे, नेपालगञ्ज

२१. एस क्याफे, सुविधानगर, तीनकुने, काठमाडौं

२२. एस क्याफे, लगनखेल, ललितपुर

Source ✍🏻📸 : NIC ASIA BANK