आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं, १७ चैत
सप्तरी, बोदे बर्साइन नगरपालिका-२ बैरीया टोल बस्ने सुरेश यादवको गोठ र अरूण यादवको गोठमा गए राति आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
यसैगरी सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-९ हनुमाननगर बस्ने राजकुमार शर्माले संचालन गरेको शर्मा साउण्ड सर्भिस पसलमा विद्युत सर्ट भई गए राति आगलागीहुँदा विभिन्न इलेक्ट्रोनिक सामानहरू जलेर करिब १२ लाखरूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
इलाम, रोङ गाउँपालिका-३ चिण्डेपानी बस्ने तिल बहादुर भुजेलको घरमा विद्युत सर्ट भई शनिबार राति आगलागी हुँदा करिब ७ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
मकवानपुर, थाहा नगरपालिका–६ सिखर खेल बस्ने ५६ वर्षीय राम पुकार अधिकारी र ३७ वर्षीय राजेश अधिकारीकोघरमा गए राति आगलागी हुँदा भाँडावर्तन, लत्ताकपडा, खाद्यन्न लगायतका सरसामान जलेर करिब २ लाख ५५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
बर्दिया, बारबर्दिया नगरपालिका-७ सोनपुर बस्ने ४७ वर्षीय सुकन थारूको घरमा विद्युत सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा लत्ताकपडा, भाँडावर्तन, पम्पसेट, घाँस काटने मेसिन लगायतका सरसामान जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानिय वासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथ यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)



प्रतिकृया दिनुहोस्