डुबेर मृत्यु

डुबेर मृत्यु

काठमाडौं, १७ चैत

अर्घाखाँची, मिकास्थान नगरपालिका-१० छिर्लिङ खोला र झिमरक खोलाको दोभानमा पौड खेल्ने क्रममाडुबेर सोही गरपालिका-१० पैयापाटा बस्ने १९ वर्षीय दिलिप नेपाल १७ वर्षीय अशोक नेपालको शनिबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएका उनीहरूको जिल्ला अस्पताल सन्धिखर्कमा उपचारको क्रममा मृत्यु भएको हो ।

बाँके, डुडुवा गाउँपालिका-स्थित राप्त नदमा पौडखेल्ने क्रममा डुबेर खजुरा गाउँपालिका-२ रिम्झीम चोक बस्ने २२वर्षीय बिनोद शर्माको शनिबार दिउँसो मृत्यु भएको छ ।

इलाम, देउमाई नगरपालिका-५ स्थित देउमाई खोलाको दहमा पौडी खेल्ने क्रममा डुबेर सोही गरपालिका-५ आङदाङ आलेटार बस्ने सन्तमान तामाङको छोरा १२ वर्षीय नाइस तामाङको शनिबार दिउँसो मृत्यु भएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)