शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक शुभकामना!
नेपालीहरूको महान् चाड शुभ दीपावली (तिहार), नेपाल संवत् ११४७ नयाँ वर्ष तथा आस्थाको महापर्व छठ २०८३ को सुखद अवसरमा काठमाडौँ महानगरपालिका वडा नम्बर १ का सम्पूर्ण आदरणीय वडावासी आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा देश-विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
उजाला र प्रकाशको पर्व तिहारले हामी सबैको जीवनमा नयाँ उमङ्ग, नयाँ आशा र सफलताको किरण फैलाओस्। हाम्रा मौलिक परम्परा,सांस्कृतिक धरोहर र सामाजिक सद्भावलाई जोगाउँदै अघि बढ्न नेपाल संवत् ११४७ ले हामी सबैलाई प्रेरणा प्रदान गरोस्। साथै, सूर्यदेवको उपासना गरी मनाइने छठ पर्वले हाम्रो समाजमा आपसी भ्रातृत्व, एकता, सहिष्णुता र पवित्रताको सन्देश प्रवाह गरोस् भन्ने कामना गर्दछु।
यस पावन अवसरमा हाम्रा व्यापारी, व्यवसायी, युवा, विद्यार्थी, श्रमजीवी, समाजसेवी तथा बौद्धिक व्यक्तित्वहरू लगायत समाजका सम्पूर्ण क्षेत्रका महानुभावहरूमा हार्दिक बधाई ज्ञापन गर्दै, काठमाडौँ वडा नम्बर १ लाई अझ समृद्ध, सुरक्षित, स्वच्छ, र नमुना वडा बनाउने हाम्रा साझा प्रयासहरूमा यहाँहरू सबैको निरन्तर साथ र सहयोगको अपेक्षा राख्दछु।
पुनश्चः दीपावली, नेपाल संवत् तथा छठ पर्व २०८३ को पावन अवसरमा सम्पूर्णमा पुनः हार्दिक मंगलमय शुभकामना!
भरत लाल श्रेष्ठ
वडा अध्यक्ष
काठमाडौँ महानगरपालिका, वडा नम्बर १
नक्साल, काठमाडौँ



प्रतिकृया दिनुहोस्