शुभ दीपावली, नेपाल संवत ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना!

शुभ दीपावली, नेपाल संवत ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना!

आदरणीय देशवासी दाजुभाइ, दिदीबहिनी, मातापिता, सम्पूर्ण शिक्षाप्रेमी अभिभावकज्यूहरू, मेरा प्यारा विद्यार्थी भाइबहिनीहरू तथा सिग्मा स्कुल एण्ड कलेज परिवारका सम्पूर्ण आदरणीय शिक्षक, कर्मचारी एवं शुभचिन्तक महानुभावहरू,

अँध्यारोमाथि उज्यालोको, असत्यमाथि सत्यको र निराशामाथि आशाको विजयको प्रतीक मानिने नेपालीहरूको महान् पर्व शुभ दीपावली (तिहार), नेपालको मौलिक संवत नेपाल संवत ११४७ को नयाँ वर्ष तथा अगाध आस्था, निष्ठा र पवित्रताको पर्व छठ पर्व २०८३ को यसै पावन अवसरमा देश तथा विदेशमा रहनुहुएका सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, उत्तरोत्तर प्रगति एवं समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

शिक्षा नै समाज परिवर्तनको र राष्ट्र विकासको पहिलो आधार हो। ज्ञान, सिर्जना र समग्र व्यक्तित्व विकासको केन्द्रका रूपमा स्थापित सिग्मा स्कुल एण्ड कलेजले सधैँ नैतिक मूल्यमान्यता, शैक्षिक उत्कृष्टता र समयसापेक्ष आधुनिक प्रविधिलाई आत्मसात् गर्दै अघि बढिरहेको छ। हाम्रा यी मौलिक पर्वहरूले आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र सामाजिक एकताको सुदृढ सन्देश दिने गरेका छन्। चाडपर्वको यस उल्लासमय परिवेशले हामीलाई शैक्षिक गुणस्तर अभिवृद्धि गर्न, विद्यार्थीहरूको भित्री अन्तर्निहित क्षमतालाई उजागर गर्न र समाजमा एक जिम्मेवार एवं सक्षम नागरिक तयार पार्न थप ऊर्जा र प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु।

आउनुहोस्, यस दीपावली र छठ पर्वले हामी सबैको जीवनमा ज्ञानको दीप प्रज्वलित गरोस्, सबैको घरपरिवारमा हर्षोल्लास छाओस् र शैक्षिक क्षेत्रको सुदृढीकरण तथा राष्ट्र निर्माणमा हामी सबै हातेलो गरेर अगाडि बढ्न सकौँ।

पुनः एकपटक यहाँहरू सबैलाई शुभ दीपावली, नेपाल संवत ११४७ तथा छठ पर्व २०८३ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु!

धन्यवाद।


शुभकामना प्रेषक: 
जयदेव सिंह धामी

प्रिन्सिपल (प्राचार्य) सिग्मा स्कुल एण्ड कलेज

एवं सम्पूर्ण परिवार