शुभ दीपावली, नेपाल संवत ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना
अँध्यारोमाथि उज्यालोको, असत्यमाथि सत्यको र अधर्ममाथि धर्मको विजयको प्रतीकको रूपमा मनाइने नेपालीहरूको महान् चाड शुभ दीपावली (तिहार), नेपालको मौलिक संवत नेपाल संवत ११४७ को नयाँ वर्ष तथा आस्था र पवित्रताको पर्व छठ २०८३ को यस पावन र उल्लासमय अवसरमा बाल उद्यान सामुदायिक सेवा समिति, का.म.न.पा.-१७ को तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली बुबा-आमा, दाजुभाइ, दिदी-बहिनी, आदरणीय शुभचिन्तक, इष्टमित्र, चन्दादाता, समाजसेवी, बुद्धिजीवी एवं अपाङ्गता भएका व्यक्तिहरू लगायत सम्पूर्णमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, उत्तरोत्तर प्रगति एवं समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।
हाम्रा यी महान् सांस्कृतिक पर्वहरूले आपसी सद्भाव, भ्रातृत्व, सहिष्णुता र एकताको भावनालाई थप प्रगाढ बनाउनुका साथै नेपाली समाजलाई एकापसमा जोड्न महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् । दीपावलीको झिलिमिली उज्यालोले हाम्रा जीवनका समस्त अन्धकारहरूलाई हटाई नयाँ उत्साह र उमङ्ग सञ्चार गरोस्, नेपाल संवतको नयाँ वर्षले हामी सबैमा नयाँ सोच र ऊर्जा प्रदान गरोस् र छठ माताको असीम कृपाले सबैको मनोकाङ्क्षा पूरा होस् भन्ने कामना गर्दछु । आउनुहोस्, यी पर्वहरूलाई फजुल खर्च र तडकभडक रहित बनाई, आ-आफ्नो गच्छेअनुसार हर्षोल्लासका साथ मनाऔँ र समाजमा भाइचाराको सन्देश फैलाऔँ ।
पुनः एकपटक सम्पूर्णमा विजया दशमी, शुभ दीपावली, नेपाल संवत ११४७ तथा छठ पर्वको हार्दिक मङ्गलमय शुभकामना !
धन्यवाद ।
राम कुमार श्रेष्ठ, अध्यक्ष, बाल उद्यान सामुदायिक सेवा समिति का.म.न.पा.-१७, काठमाडौँ



प्रतिकृया दिनुहोस्