शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!

शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, देश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली बुबाआमा, इष्टमित्र, व्यावसायिक साझेदार, उद्यमी, व्यवसायी तथा समस्त शुभचिन्तकहरूमा हार्दिक नमस्कार!

अँध्यारोमाथि उज्यालोको विजयको प्रतीक एवं हर्षोल्लासको महान् पर्व शुभ दीपावली, हाम्रो मौलिक सांस्कृतिक पहिचान बोकेको नेपाल संवत् ११४७ तथा आस्था, निष्ठा र सूर्य उपासनाको महान् पर्व छठ पर्व २०८३ को सुअवसरमा म, दीपक कुमार मल्होत्रा, सम्पूर्ण नेपालीहरूको सुस्वास्थ्य, दीर्घायु, उत्तरोत्तर प्रगति, सुख, शान्ति र समृद्धिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

चाडपर्वहरूले हामीबीचको आपसी सद्भाव, आत्मीयता, पारिवारिक पुनर्मिलन र सांस्कृतिक एकतालाई थप प्रगाढ बनाउने गर्दछन्। भौगोलिक सीमालाई नाघेर स्वदेश तथा विश्वका विभिन्न भूभागमा कर्मथलो बनाई बस्नुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको अहोरात्र मेहनत, सीप र अपनत्व नै हाम्रो राष्ट्रिय अर्थतन्त्र र समृद्धिको बलियो आधार हो। परदेशमा रहेर वा स्वदेशमै रहेर पनि देशको आर्थिक विकास,व्यापार, प्रविधि र सामाजिक क्षेत्रमा योगदान पुर्‍याउनुहुने समस्त महानुभावहरूप्रति म उच्च सम्मान प्रकट गर्दछु।

यस पावन अवसरमा, IMS Group परिवार, नेपाल-भियतनाम उद्योग वाणिज्य संघ, मोबाइल फोन इम्पोर्टर्स एशोसिएसन तथा नेपाल चेम्बर अफ कमर्स लगायत म आबद्ध सम्पूर्ण व्यावसायिक क्षेत्रका आदरणीय उद्यमी, व्यवसायी, कर्मचारी मित्रहरू, ग्राहकवर्ग एवं शुभचिन्तकहरूप्रति हृदयदेखि नै आभार प्रकट गर्दछु। यहाँहरूले दिनुभएको अटुट विश्वास, सहकार्य र हौसला नै हाम्रो व्यावसायिक यात्राको प्रमुख ऊर्जा हो। आगामी दिनमा देशको व्यावसायिक वातावरणलाई उकास्न र आर्थिक समृद्धि हासिल गर्न हामी सबैको सहकार्य अझ सुदृढ हुनेछ भन्ने विश्वास लिएको छु।

यी उज्याला पर्वहरूले हामी सबैको जीवनमा नयाँ ऊर्जा, सकारात्मकता, उत्साह र प्रगतिको नयाँ ढोका खोलिदउन्। दीपावलीको दीपजस्तै हामी सबैको जीवन सधैँ उज्यालोमय बनोस् भन्ने कामना गर्दछु।

फेरि एकपटक, यहाँहरू सबैलाई मंगलमय शुभकामना!

शुभकामना प्रेषक:

श्री दीपक कुमार मल्होत्रा

  • अध्यक्ष, IMS Group
  • अध्यक्ष, नेपाल-भियतनाम उद्योग वाणिज्य संघ
  • अध्यक्ष, मोबाइल फोन इम्पोर्टर्स एशोसिएसन
  • वरिष्ठ उपाध्यक्ष, नेपाल चेम्बर अफ कमर्स