शुभ दीपावली, नेपाल सम्वत् ११४७ तथा छठपर्व २०८३ को पावन अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना !
नेपालीहरूको महान् चाड शुभ दीपावली (तिहार), नेपाल सम्वत् ११४७ एवं छठपर्व २०८३ को पावन अवसरमा हिलसाइड इन्जिनियरिङ कलेज परिवारका तर्फबाट स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आदरणीय अभिभावकवृन्द, अध्ययनरत एवं पूर्व विद्यार्थीहरू, निष्ठावान् प्राध्यापक तथा कर्मचारी मित्रहरू, इन्जिनियरिङ तथा प्रविधि क्षेत्रका विज्ञहरू, उद्योगी-व्यवसायी, सञ्चारकर्मी, शुभचिन्तक एवं सर्वपक्षीय जनसमुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
तिहारको झिलिमिली दीप, नेपाल सम्वत्को नयाँ उमङ्ग र छठपर्वको पवित्रताले हाम्रो समाजमा आपसी भाइचारा, सामाजिक सद्भाव र सांस्कृतिक समृद्धिलाई अझ प्रगाढ बनाउनेछ भन्ने पूर्ण विश्वास लिएका छौँ। आधुनिक युगमा व्यावहारिक र गुणस्तरीय इन्जिनियरिङ तथा प्रविधि शिक्षा नै राष्ट्र निर्माणको मुख्य आधार हो। तिहारको दिपोत्सवले झैँ ज्ञान, नवप्रवर्तन (Innovation) र प्रविधिको ज्योतिले प्रत्येक विद्यार्थीको उज्ज्वल भविष्यलाई मार्गदर्शित गरोस् र समृद्ध नेपाल निर्माणका लागि दक्ष प्राविधिक जनशक्ति उत्पादनमा हामी सबैलाई नयाँ प्रेरणा र ऊर्जा प्रदान गरोस् भन्ने हार्दिक कामना गर्दछौँ।
- डा. गोपी कृष्ण न्यौपाने, प्रबन्ध निर्देशक तथा हिलसाइड इन्जिनियरिङ कलेज परिवार, बालकुमारी, ललितपुर



प्रतिकृया दिनुहोस्