शुभ दीपावली, नेपाल सम्वत् ११४७ तथा छठपर्व २०८३ को पावन अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना !

शुभ दीपावली, नेपाल सम्वत् ११४७ तथा छठपर्व २०८३ को पावन अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना !

नेपालीहरूको महान् चाड शुभ दीपावली (तिहार), नेपाल सम्वत् ११४७ एवं छठपर्व २०८३ को पावन अवसरमा लेबोरेटरी माध्यमिक विद्यालय परिवारका तर्फबाट स्वदेश तथा विदेशमा छरिएर रहनुभएका सम्पूर्ण आदरणीय अभिभावकवृन्द, प्रज्ञावान् विद्यार्थीहरू, निष्ठावान् शिक्षक-कर्मचारीहरू, विद्यालय व्यवस्थापन समिति, शिक्षाप्रेमी, शुभचिन्तक एवं सर्वपक्षीय जनसमुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

उज्यालो र उमङ्गको यो पर्वले हाम्रो समाजमा आपसी भाइचारा, सामाजिक सद्भाव र सांस्कृतिक समृद्धिलाई अझ प्रगाढ बनाउने विश्वास लिएका छौँ। गुणस्तरीय शिक्षा नै सभ्य, समृद्ध र आत्मनिर्भर समाज निर्माणको मुख्य आधार हो। तिहारको दिपोत्सवले झैँ शिक्षाको ज्योतिले प्रत्येक बालबालिकाको उज्ज्वल भविष्यलाई मार्गदर्शित गरोस् र ज्ञान, विवेक एवं नैतिक मूल्य-मान्यतासहितको शिक्षा क्षेत्रको विकासमा हामी सबैलाई एकजुट भई अघि बढ्ने नयाँ प्रेरणा र उत्साह प्रदान गरोस् भन्ने हार्दिक कामना गर्दछौँ।

 

  • डा. लाक्पा शेर्पा, प्रिन्सिपल तथा लेबोरेटरी माध्यमिक विद्यालय परिवार, कीर्तिपुर, काठमाडौँ