नवलपरासी पश्चिममा जबरजस्ती करणीको अभियोगमा २० वर्षीय युवक पक्राउ

नवलपरासी पश्चिममा जबरजस्ती करणीको अभियोगमा २० वर्षीय युवक पक्राउ

नवलपरासी (पश्चिम), २९ वैशाख । नवलपरासी पश्चिममा एक २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दघाट नगरपालिका-१५ शिवालय टोल बस्ने २० वर्षीय केशब सुनारी मगर रहेका छन्।

प्रहरीका अनुसार मगरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्दै उजुरी परेको थियो। सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले उनलाई आइतबार साँझ नियन्त्रणमा लिएको हो।

पक्राउ परेका मगरमाथि जबरजस्ती करणी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। प्रहरीले पीडित महिलाको स्वास्थ्य परीक्षण र अन्य प्राविधिक प्रमाणहरू संकलन गरिरहेको जानकारी दिएको छ।