आजको राशिफल: २०८३ वैशाख ७ गते, सोमबार

आजको राशिफल: २०८३ वैशाख ७ गते, सोमबार

आजको पञ्चाङ्ग: आज मिति २०८३ साल वैशाख ७ गते सोमबार। ईशवी संवत २०२६ अप्रिल २० तारिख। नेपाल संवत ११४६। वैशाख शुक्ल पक्ष। तिथि: तृतीया। नक्षत्र: कृत्तिका।


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आजको दिन तपाईँका लागि मध्यम फलदायी रहनेछ। रोकिएका केही कामहरू सुस्त गतिमा अगाडि बढ्नेछन्। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ, खानपानमा ध्यान दिनुहोला। आर्थिक लेनदेनमा सतर्कता अपनाउनु राम्रो हुनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

व्यापार व्यवसायमा प्रगति हुने योग छ। पारिवारिक साथ र सहयोगले मन प्रशन्न रहनेछ। नयाँ कार्यको थालनी गर्ने अवसर प्राप्त हुन सक्छ। सामाजिक कार्यमा रुचि बढ्नेछ र मान–सम्मान मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। रोकिएका पुराना कामहरू आज सम्पन्न हुन सक्छन्। बोलीको प्रभावले अरूको मन जित्न सकिनेछ। प्रेम जीवनमा मधुरता छाउनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आजको दिन केही चुनौतीपूर्ण हुन सक्छ। आफन्तसँगको सम्बन्धमा चिसोपन आउन नदिनुहोला। अनावश्यक खर्च बढ्नाले आर्थिक तनाव हुन सक्छ। धैर्यताका साथ काम गर्नु नै बुद्धिमानी हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

तपाईँको आत्मविश्वासमा वृद्धि हुनेछ। लामो समयदेखि रोकिएको धन फिर्ता हुन सक्छ। विद्यार्थीहरूका लागि अध्ययनमा सफलता मिल्ने दिन छ। वैदेशिक कार्यमा रहेकाहरूलाई आज विशेष लाभ मिल्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आजको दिन नयाँ योजना बनाउनका लागि उपयुक्त छ। मित्रहरूको सहयोगले जटिल कामहरू पनि सजिलै हल हुनेछन्। पारिवारिक सुख मिल्नेछ। मिष्ठान्न भोजनको अवसर प्राप्त हुन सक्छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

अध्यात्म र धर्म–कर्ममा मन जानेछ। यात्राको सम्भावना छ, जसले तपाईँलाई मानसिक शान्ति प्रदान गर्नेछ। सानातिना कुरामा अल्झिनु भन्दा लक्ष्यमा केन्द्रित हुनु राम्रो हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज स्वास्थ्यको विशेष ख्याल राख्नुहोला। कार्यक्षेत्रमा केही बाधा–व्यवधान आउन सक्छ। संयम भएर निर्णय लिनुहोला। साथीभाइको सहयोगले मात्र कठिन परिस्थिति पार लाग्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

जीवनसाथीको सहयोगले कार्यमा सफलता मिल्नेछ। व्यावसायिक साझेदारीबाट राम्रो आम्दानी हुने देखिन्छ। मनोरञ्जनात्मक यात्राको योग छ। सन्तान पक्षबाट खुसीको समाचार प्राप्त हुनेछ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

शत्रुहरू परास्त हुनेछन् र तपाईँको प्रभाव बढ्नेछ। जागिरमा पदोन्नति वा नयाँ जिम्मेवारी मिल्ने सम्भावना छ। मेहनतको फल प्राप्त हुने समय छ। रोकिएका सरकारी कामहरू आज बन्न सक्छन्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ। कला र साहित्यमा रुचि बढ्नेछ। नयाँ मित्रहरू थपिनेछन्। प्रेम सम्बन्धमा रहेकाहरूका लागि आजको दिन यादगार रहनेछ। लगानीबाट उचित प्रतिफल मिल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज मनमा केही अशान्ति महसुस हुन सक्छ। पारिवारिक समस्याले सताउन सक्छ, त्यसैले संयमित रहनुहोला। घरजग्गाको कारोबारमा हतार नगर्नुहोला। आमाको स्वास्थ्यमा ध्यान दिनुहोला।