उच्च अदालतको फैसला पछि लुकेका अभियुक्त CIBको फन्दामा

उच्च अदालतको फैसला पछि लुकेका अभियुक्त CIBको फन्दामा

काठमाडौंमा जबरजस्ती करणी मुद्दामा अदालतबाट सजाय ठहर भई लामो समयदेखि फरार रहेका एक प्रतिवादी अन्ततः पक्राउ परेका छन्। काठमाडौँ नागार्जुन नगरपालिका–२ पानधारामा लुकिछिपी बस्दै आएका सुर्खेत वीरेन्द्रनगर–१२ चनौटे घर भएका ४२ वर्षीय ईन्द्र बहादुर नेपालीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) को टोलीले बुधबार नियन्त्रणमा लिएको हो। उच्च अदालत पाटनको २०८१ असार ३० गतेको फैसलाले उनलाई जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना सजाय तोकेको थियो।

फैसला पछि फरार रहेका उनलाई प्रहरीले विशेष सूचनाको आधारमा काठमाडौंबाट पक्राउ गरेको जनाएको छ। पक्राउ परेका नेपालीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ भने यस घटनालाई लिएर प्रहरीले थप प्रक्रिया अघि बढाएको जानकारी दिएको छ।