डुबेर मृत्यु

डुबेर मृत्यु

कास्की, १९ चैत, पोखरा महानगरपालिका-३३ बागमाराको पशुपतिघाटस्थित सेती नदीमा डुबेर सोही महानगरपालिका-३३ चैनपुर बस्ने ६२वर्षीय चन्द्र प्रसाद पौडेलको मृत्यु भएको छ ।

बुधबार साँझ डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्तहुनसाथ लाका प्रहरी कार्यालय शिशुवा समेतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा सोही ठाउँस्थित सेती नदको हाइड्रोपावरको ड्याम नजिक उनको शव बिहीबार बिहान फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


(स्रोत – नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय)