करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

काठमाडौं, १९ चैत, धनुषा, धनुषाधाम नगरपालिका-५ धनुषाधाम बस्नेजाजरकोट घर भएका ३० वर्षीय देवराम सिंहको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ । क्षिरेश्वरनाथ नगरपालिका-१० हार्सर टोलस्थित एनसेल कम्पनीको टावरमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जानकी मेडिकल कलेज रमदैयामा उपचारको क्रममा मृत्यु भएको हो ।

कैलाली, मोहन्याल  गाउँपालिका-५ बस्ने ३१ वर्षीय यज्ञ बुढामगरको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ । गोदावरी नगरपालिका-१२ चौकीस्थित मछेली खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घइते भएका उनको प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


(समाचार स्रोत – नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय)