चितवनमा नदीमा डुबेर दुई किशोरको मृत्यु

चितवनमा नदीमा डुबेर दुई किशोरको मृत्यु

चितवन, १५ चैत – भरतपुर महानगरपालिका-३ बाह्रघरेचोकस्थित नारायणी नदीमा डुबेर दुई किशोरको मृत्यु भएको छ।

सोही महानगरपालिका-१६ शरणपुरका १४ वर्षीय सनम रम्तेल१४ वर्षीय प्रशान्त क्षेत्री आइतबार दिउँसो पौडी खेल्ने क्रममा डुबेका थिए। उनीहरूलाई उपचारका लागि सरकारी अस्पताल, भरतपुर लगिएको थियो, तर उपचारको क्रममा दुवैको निधन भएको हो।

प्रहरीले घटनासम्बन्धी आवश्यक अनुसन्धान जारी राखेको छ।

सावधान: नदीमा पौडी खेल्दा सुरक्षा उपकरण प्रयोग गर्नुहोस् र छिमेकी/अभिभावकको निगरानीमा मात्र पौडी खेल्नु जीवन रक्षाका लागि जरुरी छ।