जबरजस्ती करणी अभियोगमा युवक पक्राउ

जबरजस्ती करणी अभियोगमा युवक पक्राउ


चैत १५ || उदयपुर — चौदण्डीगढी नगरपालिका–७ डाँडावारी बस्ने १९ वर्षीय अनिल विश्वकर्मालाई १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार, उजुरी पाएको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले अनिललाई नियन्त्रणमा लिएको हो।

यस सम्बन्धमा अनुसन्धान जारी रहेको छ। प्रहरीले पीडित बालिकाको सुरक्षामा ध्यान दिने र कानुनी प्रक्रियाअनुसार कारबाही अघि बढाइरहेको छ।