आगलागीबाट लाखौं रुपैयाँ बराबरको धनमाल जलेर नष्ट

आगलागीबाट लाखौं रुपैयाँ बराबरको धनमाल जलेर नष्ट


काठमाडौँ — दोलखा, कालिन्चोक गाउँपालिका–९ कटुवाचौर बस्ने नन्द प्रसाद रेग्मी, धनवीर थामी र इन्द्र बहादुर थामीको घरमा शुक्रबार दिउँसो लागेको आगलागीमा तीनैजनाको गरी करिब १ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।


बारा — करैयामाई गाउँपालिका–६ सहजौली टोल बस्ने लक्ष्मी नारायण यादवको उखु बालीमा शनिबार बिहान आगलागी हुँदा करिब ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।


सल्यान — बागचौर नगरपालिका–१२ बस्ने ५२ वर्षीय रतिमान खत्रीको घरमा शुक्रबार साँझ आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।



प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएको छ र घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको छ! आगनजत्रा र विद्युत उपकरणको सतर्क प्रयोग नगर्दा ठूलो आर्थिक क्षति हुनसक्छ — सावधानी अपनाउन स्थानीयबासीलाई प्रहरीले आग्रह गरेको छ।