“क्रोएशिया पठाइदिन्छु” भन्दै लाखौँ ठगी गर्ने गिरोह सक्रिय, एक जना पक्राउ

“क्रोएशिया पठाइदिन्छु” भन्दै लाखौँ ठगी गर्ने गिरोह सक्रिय, एक जना पक्राउ

 

काठमाडौं, १२ चैत || वैदेशिक रोजगारीको नाममा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीले क्रोएशिया पठाइदिन्छु भन्दै लाखौँ रकम असुलेर फरार भएका व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार भक्तपुर मध्यपुर थिमी नगरपालिका–७ बस्दै आएका गुल्मी दरबार गाउँपालिका–४ घर भएका ४५ वर्षीय रबिन्द्र जंग रायमाझी पक्राउ परेका छन्।

उनले ३ जना पीडितहरूबाट ११ लाख ५० हजार रुपैयाँ असुलेर सम्पर्कविहीन बनेको उजुरीपछि प्रहरी सक्रिय भएको थियो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई मध्यपुर थिमी नगरपालिका–४ क्षेत्रबाट पक्राउ गरेको हो।

पक्राउपछि उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

पछिल्लो समय वैदेशिक रोजगारीको नाममा ठगीका घटना बढ्दै गएकाले यस्ता प्रलोभनमा नपर्न र आधिकारिक माध्यमबाट मात्र प्रक्रिया अघि बढाउन प्रहरीको आग्रह।