कञ्चनपुरमा खैरो हेरोइनसहित युवक पक्राउ, बिहानै प्रहरीको ‘एक्सन’

कञ्चनपुरमा खैरो हेरोइनसहित युवक पक्राउ, बिहानै प्रहरीको ‘एक्सन’

कञ्चनपुर, १२ चैत || कञ्चनपुरमा लागूऔषध विरुद्ध प्रहरीले ठूलो सफलता हात पारेको छ। बेलौरी नगरपालिका–७ पौलाह क्षेत्रबाट खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्।

प्रहरीका अनुसार लालझाडी गाउँपालिका–२ का ३० वर्षीय मनोज राना बिहीबार बिहान शंकास्पद अवस्थामा फेला परेपछि पक्राउ गरिएको हो। उनको साथबाट १ ग्राम ९ सय ८० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले सु.प.प्र.०१-०१२ प ५३४७ नम्बरको मोटरसाइकलमा सवार रानालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

पछिल्लो समय कञ्चनपुरमा लागूऔषध नियन्त्रण अभियान तीव्र बनाइएको प्रहरीले बताएको छ।