कुमारी बैंक लिमिटेडको Mastercard सेवा औपचारिक शुभारम्भ, डिजिटल बैंकिङ यात्रामा नयाँ माइलस्टोन
कुमारी बैंक लिमिटेडले आफ्नो Mastercard सेवा औपचारिक रूपमा सार्वजनिक गर्दै बैंकको डिजिटल सेवामा महत्वपूर्ण विस्तार गरेको घोषणा गरेको छ। काठमाडौंमा आयोजित एक विशेष पत्रकार सम्मेलनमार्फत बैंकले आफ्ना ग्राहकहरूका लागि बिहीबारबाट डेबिट Mastercard जारी गर्न सुरु गरेको जानकारी गराएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले स्वागत मन्तव्य मार्फत बैंकको डिजिटल रूपान्तरण तथा ग्राहकमैत्री सेवाका क्षेत्रमा कुमारी बैंकले लिँदै आएको अग्रसरताबारे संक्षिप्त रूपमा जानकारी दिँदै Mastercard जस्ता विश्वव्यापी भुक्तानी समाधानले बैंकको सेवा क्षमतामा थप वृद्धि गर्ने बताएका छन्।
यसैगरी कार्यक्रममा कुमारी बैंकका प्रमुख डिजिटल बैंकिङ अधिकृत अनिश ताम्राकारले Mastercard को महत्व, यसको प्रयोगका सम्भावनाहरू तथा ग्राहकलाई पुग्ने प्रत्यक्ष फाइदाबारे विस्तृत जानकारी दिँदै यो डेबिट Mastercard ले भौतिक तथा डिजिटल दुवै माध्यमको उपयोग सरल र सुरक्षित हुने बताएका छन्। साथै, पत्रकारहरूको अन्य जिज्ञासालाई सम्बोधन गर्दै बैंकले जारी गरेको डेबिट Mastercard नेपाल, भारत र भूटानका सबै Mastercard–स्वीकार गर्ने ATM तथा POS मा प्रयोग गर्न सकिने, Mastercard को क्रेडिट कार्ड सेवा पनि चाँडै सुरु हुने, Mastercard मार्फत अनलाइन तथा अन्तर्राष्ट्रिय भुक्तानीसमेत सहज हुने लगायतका विषयहरू स्पष्ट पारेका थिए। उनका अनुसार, बैंकले गत वर्षदेखि नै आफ्ना ATM हरूमा Mastercard स्वीकार गर्दै आएको र अब आफ्नै कार्ड जारी गरेसँगै ग्राहक सेवामा थप सहज हुने विश्वास बैंकले लिएको छ।
विगत २४ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरत रूपमा विद्युतिय कारोबार मार्फत बैंकिङ सेवालाई बढी प्राथमिकता दिई आफ्ना देशभर रहेका २०७ शाखा सञ्जाल, ३१५ एटिएम, ४६ एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ इकाइहरू मार्फत आफ्ना ग्राहकवर्गलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि विद्युतिय कारोबारलाई प्राथमिकता दिई अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निम्ति सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ।


प्रतिकृया दिनुहोस्