अष्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने महिला पक्राउ

अष्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौं, वैदेशिक रोजगारीको नाममा आकर्षक तलबको प्रलोभन देखाई अष्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने आरोपमा ५५ वर्षीया मिना घिमिरे पक्राउ परेकी छन्।

उनले एक जना पीडितबाट १२ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरीपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई काठमाडौं महानगरपालिका–१४ बाट मंगलबार पक्राउ गरेको हो।

प्रहरीले घिमिरेलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाएको जनाएको छ।

प्रहरीले वैदेशिक रोजगारीको नाममा हुने ठगीबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ।