जय देव सिंह धामीको दूरदर्शी नेतृत्वमा सिग्मा प्राईमको पहिलो वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ, नेपालको निजी लगानी क्षेत्रमा उदीयमान संस्थाका रूपमा स्थापित हुँदै गएको सिग्मा प्राईम ईन्भेस्टमेन्ट प्रा.लि. को प्रथम वार्षिक साधारण सभा गरिमामय तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। स्थापना भएको पहिलो वर्षमै कम्पनीले उल्लेखनीय नाफा आर्जन गर्न सफल भएको घोषणा गर्दै संस्थागत विश्वसनीयताको बलियो आधार प्रस्तुत गरेको छ।
सभाको मुख्य आकर्षण रहनुभएका बुद्धिजीवी व्यक्तित्व, सिग्मा कलेज का प्रिन्सिपल तथा कम्पनीका संस्थापक एवं फाइनान्सियल एनालिस्ट जय देभ सिंह धामी ले संयमित, कूटनीतिक तथा दूरदर्शी शैलीमा कम्पनीको भावी रणनीति प्रस्तुत गर्नुभयो।
उहाँले छोटो अवधिमै प्राप्त उपलब्धि व्यवस्थापनको पारदर्शिता, सक्षम टोलीको प्रतिबद्धता र लगानीकर्ताहरूको विश्वासको प्रतिफल भएको उल्लेख गर्नुभयो। हाल कम्पनीले सेकेन्डरी मार्केटमा प्रमोटर तथा संस्थापक शेयरहरूमा रणनीतिक लगानी गर्दै आएको जानकारी दिँदै वित्तीय विश्लेषण, तथ्यमा आधारित निर्णय प्रक्रिया र सन्तुलित जोखिम व्यवस्थापनमार्फत सुदृढ लगानी पोर्टफोलियो निर्माण गरिएको बताउनुभयो।
धामीले कम्पनीमा हाल २३ जना सदस्यहरूको सक्रिय सहभागिता रहेको जानकारी दिँदै एक्सपोर्ट तथा फाइनान्सियल एनालाइटिक्सको आधारमा योजनाबद्ध ढंगले लगानी विस्तार भइरहेको स्पष्ट पार्नुभयो। आगामी चरणमा विशेषतः आतिथ्य (Hospitality) तथा सेवा क्षेत्रमा केन्द्रित भएर दीर्घकालीन र दिगो लगानी रणनीति अघि बढाइने उहाँको धारणा थियो। पर्यटन क्षेत्रको सम्भावनालाई संस्थागत रूपले प्रवर्द्धन गर्दै राष्ट्रिय आर्थिक समृद्धिमा योगदान पुर्याउने लक्ष्य रहेको पनि उहाँले व्यक्त गर्नुभयो।
सभामा कम्पनीको स्पष्ट मार्गचित्र, सुशासनप्रति प्रतिबद्धता र संस्थागत अनुशासनलाई सकारात्मक रूपमा मूल्यांकन गरिएको थियो। पहिलो वर्षमै नाफा आर्जन गर्नु वित्तीय उपलब्धि मात्र नभई संस्थाको विश्वसनीय नेतृत्व र परिणाममुखी सोचको प्रमाणका रूपमा हेरिएको छ।
युवा सोच, बौद्धिक दृष्टिकोण र कूटनीतिक अभिव्यक्तिका साथ अगाडि बढिरहेका जय देभ सिंह धामीको नेतृत्वले सिग्मा प्राईमलाई सम्भावनायुक्त तथा भरोसायोग्य लगानी संस्थाका रूपमा स्थापित गरिरहेको विश्लेषकहरूको निष्कर्ष रहेको छ।


प्रतिकृया दिनुहोस्