झापामा जबरजस्ती करणी आरोपमा ६४ वर्षीय वृद्ध पक्राउ

झापामा जबरजस्ती करणी आरोपमा ६४ वर्षीय वृद्ध पक्राउ

झापा, १ फागुन || जबरजस्ती करणी गरेको अभियोगमा ६४ वर्षीय पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा बराह्रक्षेत्र नगरपालिका–७ बस्ने प्रमानन्द पौडेल रहेका छन्।

२७ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले बिहीबार राति उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

घटनासम्बन्धी तथ्य संकलन तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।