आजको राशिफल – २०८२ माघ १८ गते (१ फेब्रुअरी २०२६) आइतवार
मेष (ARIES)
अरूले दिएको आश्वासन पूरा नहुन सक्छ, त्यसैले हल्लाको भर नपर्नु राम्रो हुन्छ। परिवार र आफन्तलाई समय दिनुपर्ने देखिन्छ। कृषि, पशुपालन र घरायसी काममा मन जानेछ। बगैंचा वा घर सजाउन समय बित्न सक्छ। टाढिएका साथी–आफन्तसँग भेट हुनेछ। बारम्बार प्रयास गर्दा लक्ष्य हासिल हुनेछ।
वृष (TAURUS)
अवसर र बाधा दुवै आउनेछन्, तर मेहनतले राम्रो नतिजा दिनेछ। अरूको विश्वास जित्न समय लागे पनि अन्ततः फाइदा हुनेछ। सहयोगीको साथले काम बन्नेछ। आम्दानी बढ्नेछ र व्यापार–उद्योगमा लाभ हुनेछ। प्रतिस्पर्धीबाट सतर्क रहनुहोस्।
मिथुन (GEMINI)
पढाइ र ज्ञानको क्षेत्रमा राम्रो प्रगति हुनेछ। खुसीको समाचारले मन उत्साहित बनाउनेछ। आम्दानीका नयाँ बाटो खुल्नेछन्। नयाँ काम सुरु हुन सक्छ। बोली र बुद्धिको प्रभावले सम्मान र आर्थिक फाइदा मिल्नेछ।
कर्कट (CANCER)
मिलन–घुलन र स्वादिलो भोजनको आनन्द मिल्नेछ। पुराना सफलताले आत्मविश्वास बढाउनेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ। परिवारसँग भेटघाट हुनेछ। जीवनशैली सुधार गर्ने राम्रो मौका छ। व्यक्तित्व र बुद्धिको प्रशंसा हुनेछ।
सिंह (LEO)
अचानक खर्च बढ्न सक्छ, आम्दानी अपेक्षाकृत कम रहन सक्छ। व्यवसायमा लगानी गर्नुपर्ने अवस्था आउन सक्छ। काम सफल बनाउन दोहोर्याएर प्रयास गर्नुपर्ला। यात्रा सम्भावना छ। नयाँ योजना सुरु गर्न सकिनेछ, तर हिसाबकिताबमा सतर्क रहनुहोस्।
कन्या (VIRGO)
मेहनतको राम्रो फल पाइनेछ। रोकिएका पैसा हातलागी हुनेछ। कृषि, व्यापार र पशुपालनमा फाइदा हुनेछ। सम्पत्तिको सही उपयोगबाट लाभ उठाउन सकिनेछ। ऋण तिर्ने अवसर मिल्नेछ। दिगो कामको सुरुवात गर्न अनुकूल समय छ।
तुला (LIBRA)
काममा सफलता मिल्ने योग छ, तर चुनौती पनि सँगै आउनेछन्। सामाजिक जिम्मेवारी बढ्नेछ। प्रभावशाली व्यक्तिको सहयोग प्राप्त हुनेछ। लगनशीलताले नाम र प्रतिष्ठा दिलाउन सक्छ। व्यापारमा राम्रो फाइदा हुनेछ।
वृश्चिक (SCORPIO)
अरूको सहयोगले आफ्नै फाइदा हुनेछ। समाजमा राम्रो कामको प्रशंसा हुनेछ। रोकिएका काम पूरा हुनेछन्। जिम्मेवारी बढ्न सक्छ। सानो प्रयासले ठूलो उपलब्धि हातलागी हुनेछ। मेहनतले सफलता दिलाउनेछ।
धनु (SAGITTARIUS)
स्वास्थ्य कमजोर रहन सक्छ। कामको नतिजा ढिलो आउन सक्छ, धैर्य गर्नुपर्ला। लापरबाही गर्दा धनहानि हुन सक्छ। गोप्य कुरा बाहिर नजाओस् ध्यान दिनुहोस्। गम्भीर भएर काम नगर्दा दुःख पर्न सक्छ।
मकर (CAPRICORN)
राम्रो पहिरन र भेटघाटले मन खुसी बनाउनेछ। परिवार र आफन्तसँग समय बित्नेछ। उपहार र सम्मान प्राप्त हुन सक्छ। प्रेम र मित्रता बलियो हुनेछ। भौतिक सुविधा बढ्नेछ, तर हतारमा निर्णय नगर्नुहोस्।
कुम्भ (AQUARIUS)
नयाँ काम सुरु गर्न अनुकूल समय छ। साहसी निर्णयले फाइदा दिलाउनेछ। विरोधी पनि सहयोगी बन्न सक्छन्। चुनौती पार गर्दै सफलता मिल्नेछ। प्रतिस्पर्धामा जित हुनेछ, तर पुराना शत्रुबाट सतर्क रहनुहोस्।
मीन (PISCES)
मेहनत गर्नुपर्ला, तर राम्रो समाचारले उत्साह बढाउनेछ। अरूको भलाइ गर्ने मौका मिल्नेछ। बुद्धिको प्रयोगले लक्ष्य हासिल हुनेछ। आम्दानी बढ्नेछ। पढाइ र ज्ञानमा प्रगति हुनेछ। सम्मान र प्रतिष्ठा बढ्नेछ।



प्रतिकृया दिनुहोस्