आजको राशिफल : २०८२ माघ १७ गते, शनिवार
मेष (ARIES)
आज तपाईंका लागि नयाँ सम्भावनाका ढोका खुल्ने दिन हो। कामकाजमा अपेक्षित प्रगति देखिनेछ भने व्यवसायमा नाफा बढ्ने संकेत छन्। साथीसँगको सहकार्यले आत्मविश्वास बढाउनेछ। प्रतिस्पर्धीहरू पछि पर्नेछन्। पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ। साँझतिर घरभित्र स-साना विवाद देखिन सक्छन्, संयमित व्यवहार लाभदायक हुनेछ।
वृष (TAURUS)
बौद्धिक क्षमताको राम्रो उपयोग हुने दिन हो। पढाइ, लेखन वा संवादसँग सम्बन्धित काममा सफलता मिल्नेछ। बोलीको प्रभाव बढ्ने भएकाले मानसम्मान प्राप्त हुने सम्भावना छ। रोकिएका काम अगाडि बढ्नेछन्। आम्दानीका नयाँ बाटा खुल्न सक्छन्। मेहनतले दीर्घकालीन उपलब्धि दिलाउने समय छ।
मिथुन (GEMINI)
आजको दिन हल्का र रमाइलो रहनेछ। नयाँ प्रस्ताव वा अवसरले मन उत्साहित बनाउनेछ। आर्थिक पक्ष सुदृढ हुनेछ। विगतका सफलताले थप हौसला दिनेछ। परिवार वा आफन्तसँग भेटघाट हुन सक्छ। सामाजिक जमघट र स्वादिष्ट भोजनको योग छ। प्रेम सम्बन्ध अझ नजिकिनेछ।
कर्कट (CANCER)
अनपेक्षित खर्चले आर्थिक चाप बढ्न सक्छ। शरीरमा अल्छीपन वा थकान महसुस हुन सक्छ। परिवारबाट केही दूरीको अनुभूति हुन सक्छ। परिस्थितिले कठिन निर्णय लिन बाध्य बनाउन सक्छ। सहयोग सीमित हुनेछ, त्यसैले सोचविचार गरेर कदम चाल्नुहोला। अनावश्यक किनमेलबाट टाढा रहनु उपयुक्त हुन्छ।
सिंह (LEO)
आम्दानीका स्रोत सबल रहनेछन्। सानो प्रयासले पनि राम्रो प्रतिफल दिनेछ। व्यापार वा पेशामा प्रगतिको संकेत छ। जिम्मेवारी बढे पनि त्यसले प्रतिष्ठा बढाउनेछ। रोकिएका काम पूरा हुनेछन्। प्रतीक्षा गरिएको उपलब्धि हात लाग्ने सम्भावना छ। साँझपख खर्च बढ्न सक्छ।
कन्या (VIRGO)
अघिल्ला अवरोध हट्ने भएकाले मन प्रसन्न हुनेछ। लक्ष्यप्राप्तिका लागि गरेको प्रयास सफल बन्नेछ। दीर्घकालीन फाइदा हुने काम सुरु गर्ने मौका छ। नयाँ आम्दानीका अवसर देखा पर्नेछन्। पुराना लगानी वा कामबाट लाभ मिल्नेछ। कृषि, पशुपालन वा व्यापारमा राम्रो संकेत देखिन्छ।
तुला (LIBRA)
पहिले गरेका कामको प्रशंसा हुनेछ। नयाँ योजनामा प्रभावशाली व्यक्तिसँग सहकार्य हुन सक्छ। सामाजिक क्षेत्रमा जिम्मेवारी बढ्ने संकेत छन्। नेतृत्वदायी भूमिकामा अघि बढ्ने मौका मिल्न सक्छ। विशेष भेटघाटले आत्मबल बढाउनेछ। परिश्रमले नाम र प्रतिष्ठा दिलाउने समय हो।
वृश्चिक (SCORPIO)
परिस्थितिजन्य बाधाले काममा ढिलाइ हुन सक्छ। अपेक्षित परिणाम नआउँदा निराशा बढ्न सक्छ। सामान्य कामका लागि पनि बढी दौडधुप गर्नुपर्ला। स्वास्थ्यमा कमजोरी देखिन सक्छ, खानपानमा ध्यान दिनुहोस्। गोप्य कुरा बाहिरिन सक्ने भएकाले सतर्कता आवश्यक छ। धैर्य राख्दा भविष्यमा फाइदा हुनेछ।
धनु (SAGITTARIUS)
प्रिय व्यक्तिसँगको भेटले दिन रमाइलो बनाउनेछ। घुमफिर वा मनोरञ्जनको अवसर मिल्न सक्छ। अतिथि सत्कारको योग छ। व्यापारमा आम्दानी बढ्नेछ। अड्किएका काम समाधानतर्फ जानेछन्। सहयोगीहरूले साथ दिनेछन्। रातिपख स्वास्थ्यप्रति सजग रहनुहोला।
मकर (CAPRICORN)
आत्मविश्वास बढ्ने दिन हो। विरोधी वा रोगमाथि विजय प्राप्त गर्ने योग छ। काममा प्रतिस्पर्धा भए पनि स्रोतसाधन जुट्नेछन्। बुद्धिमत्तापूर्ण निर्णयले परिस्थिति अनुकूल बन्नेछ। नयाँ आयस्रोत खुल्ने सम्भावना छ। प्रेम र मित्रताको सम्बन्ध अझ प्रगाढ हुनेछ।
कुम्भ (AQUARIUS)
अड्किएका काम पूरा हुँदा मनमा उत्साह जाग्नेछ। आफ्नै प्रयासबाट सामाजिक मान्यता प्राप्त गर्न सकिनेछ। भौतिक सुविधा बढ्नेछन्। आर्थिक लाभ दिने काम सम्पन्न हुनेछ। गुरु वा सन्तानको सहयोगले फाइदा हुनेछ। प्रतिस्पर्धामा सफलता मिल्ने सम्भावना बलियो छ।
मीन (PISCES)
अवसर त आउनेछन् तर तिनको उपयोग गर्न केही चुनौती झेल्नुपर्नेछ। अपेक्षा अनुसार नतिजा नआउँदा मन खिन्न हुन सक्छ। सहयोगीहरू साथमा रहनेछन्, तर ईर्ष्यालु व्यक्तिबाट सतर्क रहनुहोला। अध्ययन वा अधुरो काम पूरा हुने संकेत छन्। गुरुजनको सल्लाह उपयोगी हुनेछ। साँझतिर मेहनतको फल देखिन सक्छ।



प्रतिकृया दिनुहोस्