ECAN केन्द्रीय कार्यकारी सदस्य पदका सशक्त उम्मेदवार दिनेश पौडेल: युवा, ऊर्जाशील र संस्थागत नेतृत्वको प्रतीक

ECAN केन्द्रीय कार्यकारी सदस्य पदका सशक्त उम्मेदवार दिनेश पौडेल: युवा, ऊर्जाशील र संस्थागत नेतृत्वको प्रतीक

काठमाडौँ।
नेपाल शैक्षिक परामर्श संघ (ECAN) को आगामी कार्यसमितिका लागि दिनेश पौडेल ले केन्द्रीय कार्यकारी सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। उहाँ लक्ष्मण पौडेल ‘एन्ड्र्यु’ नेतृत्वको प्यानलबाट सदस्य पदका सशक्त प्रत्यासीका रूपमा मैदानमा उत्रिनुभएको हो।

Buddha Abroad Educational Consultancy Pvt. Ltd. का प्रतिनिधि दिनेश पौडेलले देशभरका ECAN शाखाहरूलाई सबल, पारदर्शी र जिम्मेवार संस्थाका रूपमा विकास गर्ने स्पष्ट दृष्टिकोण प्रस्तुत गर्नुभएको छ। उहाँको प्रतिबद्धता, अनुशासन र साँचो संस्थागत नेतृत्वले सदस्य–केन्द्रित, प्रभावकारी र उत्तरदायी कार्यशैली सुनिश्चित गर्ने विश्वास जगाएको छ।

शैक्षिक परामर्श क्षेत्रको सुदृढीकरण, पारदर्शिता र नवप्रवर्तनमा केन्द्रित उहाँको उम्मेदवारी ECAN सदस्यहरूका लागि समयसापेक्ष र भरोसायोग्य विकल्पका रूपमा हेरिएको छ।

श्री दिनेश पौडेललाई केन्द्रीय कार्यकारी सदस्य पदमा मत दिएर विजयी गराउनेमा पूर्ण विश्वास व्यक्त गरिएको छ।