आजको राशिफल (२०८२ पुस १६, बुधवार)

आजको राशिफल (२०८२ पुस १६, बुधवार)

मेष (ARIES)

सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। काममा सफलता र व्यापारमा लाभ मिल्नेछ। दाम र नाम कमाउने अवसर छ।

वृष (TAURUS)

आफन्तसँग भेटघाट र रमाइलो समय बित्नेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ। धन र उपहार प्राप्त हुने योग छ।

मिथुन (GEMINI)

खर्च बढ्न सक्छ, आर्थिक सतर्कता अपनाउनुहोला। मेहनतपछि फाइदा हुने काम भेटिनेछ। टाढाका साथीको निम्तो आउन सक्छ।

कर्कट (CANCER)

आयआर्जनका स्रोत बढ्नेछन्। व्यापारमा फाइदा भए पनि मेहनत बढी गर्नुपर्ला। धैर्यले प्रतिफल दिनेछ।

सिंह (LEO)

कामको मूल्यांकन हुनेछ। आम्दानी बढ्नेछ र लगानीको अवसर मिल्नेछ। समय व्यवस्थापनमा ध्यान दिनुहोस्।

कन्या (VIRGO)

मिहिनेत सफल हुनेछ। अवसर, सम्मान र प्रतिष्ठा प्राप्त हुने समय छ। शुभचिन्तकको साथ मिल्नेछ।

तुला (LIBRA)

स्वास्थ्य र यात्रामा सतर्क रहनुहोस्। अरूलाई धेरै विश्वास गर्दा समस्या आउन सक्छ। गोपनीयतामा ध्यान दिनु आवश्यक छ।

वृश्चिक (SCORPIO)

मित्रसँग रमाइलो समय बित्नेछ। व्यापार र आम्दानी बढ्नेछ। नयाँ प्रस्ताव र यात्राको योग छ।

धनु (SAGITTARIUS)

मिहिनेतको फल मिल्नेछ। प्रतिस्पर्धामा सफलता र शत्रु पराजित हुने योग छ। नयाँ काम सुरु गर्न राम्रो दिन।

मकर (CAPRICORN)

विशेष अवसर प्राप्त हुनेछ। अध्ययन र प्रतिस्पर्धामा सफलता मिल्नेछ। नयाँ योजना शुभारम्भ गर्न अनुकूल समय।

कुम्भ (AQUARIUS)

आश्वासनमा नपर्नुहोला। काममा ढिलाइ हुन सक्छ। मान्यजनको सल्लाह उपयोगी हुनेछ।

मीन (PISCES)

हिम्मत र लगनले सफलता मिल्नेछ। रोकिएका काम बन्नेछन्। उद्योग–व्यापारमा राम्रो लाभ हुने योग छ।