आजको मौसम अपडेट: तराईमा कुहिरो–हुस्सु, पहाड–हिमालमा आंशिक बदलीसँगै आकाश खुला

आजको मौसम अपडेट: तराईमा कुहिरो–हुस्सु, पहाड–हिमालमा आंशिक बदलीसँगै आकाश खुला

||ठाँटी खबर|| पुष २६ गते, शनिबार

आज दिउँसोको मौसम

देशका तराई भू–भागमा बिहानदेखि देखिएको हुस्सु तथा कुहिरोले क्रमशः विदाइ लिन थाल्ने संकेत देखिएको छ।
विशेषगरी कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रहरूमा मध्यान्हपछि कुहिरो हट्दै मौसम खुल्दै जाने सम्भावना छ।
तर, अन्य तराई क्षेत्रहरूमा भने मध्यान्हसम्म हुस्सु कायम रहन सक्ने देखिन्छ।

यता कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ भने
देशका बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम प्रायः सफा र चिसो रहने अनुमान गरिएको छ।


आज रातिको मौसम

राति पनि तराईका केही स्थानहरूमा हुस्सु पुनः लाग्ने सम्भावना रहेको छ।
तर, पहाडी तथा हिमाली क्षेत्रहरूमा भने आकाश खुला नै रहने र मौसम सामान्यतया सफा रहनेछ।


-बिहान र रातिको समयमा तराई क्षेत्रमा यातायात, उडान तथा स्वास्थ्यमा असर पर्न सक्ने भएकाले सावधानी अपनाउन अनुरोध।
-चिसो बढेकाले बच्चा, वृद्ध तथा दीर्घरोगीहरूलाई विशेष सतर्कता अपनाउन सुझाव।


स्रोत: मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभाग