केपी ओली विचारको पहिलो बौद्धिक दस्तावेज सार्वजनिक गर्ने महिला नेतृ सानुमैयाँ खड्का (सविता) मैदानमा
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र नेतृत्व, विचार र जिम्मेवारीलाई लिएर बहस तीव्र बन्दै गएको छ। यही ऐतिहासिक मोडमा सानुमैयाँ खड्का (सविता) ले केन्द्रीय खुला महिला सदस्य पदका लागि उम्मेदवारी घोषणा गर्दै राजनीतिक वृत्तमा नयाँ तरंगसिर्जना गरेकी छन्।
केपी शर्मा ओलीका विचारलाई ग्रन्थमा उतार्ने पहिलो नाम
२०४७ देखि २०७४ सालसम्म संसदजस्तो गरिमामय थलोमा दिइएका केपी शर्मा ओलीका ऐतिहासिक भाषणहरू सङ्कलन गरी विशाल बौद्धिक ग्रन्थका रूपमा प्रकाशन गर्ने पहिलो व्यक्तित्व सानुमैयाँ खड्का (सविता) बन्न सफल भएकी छन्।
यो योगदानलाई समकालीन नेपाली राजनीतिमा ऐतिहासिक बौद्धिक उपलब्धिका रूपमा हेरिएको छ।
ओली विचारमाथि PhD गर्ने पहिलो महिला नेतृ
केपी शर्मा ओलीका अभिव्यक्तिमा निहित “व्यञ्जना शक्ति” विषयमा विद्यावारिधि (PhD) अध्ययन गर्दै उनले ओली विचारधारालाई शैक्षिक र वैचारिक उचाइमा पुर्याएकी छन्।
यससँगै उनी ओली विचारमाथि अकादमिक अनुसन्धान गर्ने पहिलो महिला नेतृका रूपमा स्थापित हुँदै गएकी छन्।
संघर्ष, संगठन र नेतृत्वको मजबुत इतिहास
२०४७ सालदेखि अनेरास्ववियु प्रारक (प्राक) बाट राजनीतिक यात्रा सुरु गरेकी खड्काले पार्टीका विभिन्न जिम्मेवारी कुशलतापूर्वक सम्हाल्दै आएकी छन्।
हाल उनी:
-
अनेमसंघ केस
-
जिल्ला कमिटी सचिवालय सदस्य
-
निर्वाचन क्षेत्र नं. ९ की संयोजक
को रूपमा सक्रिय र प्रभावशाली नेतृत्व प्रदान गरिरहेकी छन्।
महिला खुला केन्द्रीय सदस्य पदकी सशक्त दावेदार
विचार, संगठन र संघर्षको त्रिवेणी बोकेकी सानुमैयाँ खड्का (सविता) महिला खुला तर्फको केन्द्रीय सदस्य पदकी सशक्त उम्मेदवारका रूपमा व्यापक समर्थन बटुलिरहेकी छन्।
नारा गुञ्जियो:
“अत्याधिक बहुमतले विजयी गरौँ!”



प्रतिकृया दिनुहोस्