पोखरामा ‘तास पार्टी’मा प्रहरीको छापा! तमु समाज भवनबाट ७ जना पक्राउ

पोखरामा ‘तास पार्टी’मा प्रहरीको छापा! तमु समाज भवनबाट ७ जना पक्राउ

कास्की, २४ – मंसिर

पोखरा महानगर–५ स्थित तमु समाजको भवनमै चलिरहेको जुवातासमा प्रहरीले सिधै छापा हानेको छ। छापा मार्दा सोही क्षेत्रका ५९ वर्षीय कुल प्रसाद गुरूङसहित ७ जनालाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको कास्की प्रहरीले जानकारी दिएको छ।


तासका ४ बुक र नगद ४६,८६० सहित पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले जुवातास खेलाइरहेको टेबलबाट ४ बुक तास र नगद ४६ हजार ८ सय ६० रुपैयाँ बरामद गरेको छ।


प्रहरी : थप अनुसन्धान जारी

जुवातास कसले आयोजना गरेको, कसले साथ दिएको र नियमित गतिविधि थियो कि थिएन भन्ने विषयमा प्रहरीले आवश्यक अनुसन्धान जारीराखेको जनाएको छ।