“मन्त्री नै घरदैलोमा! बंगलामुखीमा अचानक देखिए संचारमन्त्री— जनता अवाक, ‘पहिलो पटक यस्तै सरकार देख्यौँ’”
पाटन, १८ मंसिर |
योमरी पुन्हिको भीडले खचाखच भएको बंगलामुखी मन्दिर परिसरमा बिहीबार एकाएक संघीय सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल देखिएपछि स्थानीयबासीदेखि जनप्रतिनिधिसम्म चकित परे। कुनै कार्यक्रम, तामझाम वा सुरक्षा स्कर्टिङ बिना मन्त्री जनताको घर–टोलमै समस्या सुन्न पुगेको दृश्यले सबैलाई ‘यो त नयाँ प्रकारको सरकार रहेछ’ भन्ने अनुभूति भएको छ।
“पहिला मन्त्री भेट्न सिंहदरबार धाउनुपर्थ्यो, आज मन्त्री नै टोलमा आए” — स्थानीय
बंगलामुखी क्षेत्र यतिबेला योमरी पुन्हिको रौनकमा डुबेको थियो। यही क्रममा अचानक मन्दिर परिसरमा मन्त्री खरेलको उपस्थितिले भीड नै रोमाञ्चित बनायो।
स्थानीय प्रर्णव श्रेष्ठ भन्छन्—
“हामी त छक्क! मन्त्री नै घरटोलमा आएर समस्या सुन्नु… यो त इतिहासमै पहिलो।”
वडा कार्यालयमै मन्त्रीको आगमन पनि ‘पहिलो घटना’ भएको जनप्रतिनिधिहरूले बताए।
यमरी बनाउँदै थिइन्, मन्त्री घरमै आए !
गुठीमा यमरी पकाउन व्यस्त रेणु महर्जन भनिन्—
“काम गर्दैथेँ, एक्कासी मन्त्री सा’ब सामने! विश्वासै लागेन। जीवनकै ठूलो भेट भयो।”
भनिरहँदा उनको अनुहारमा झल्किएको खुशीले वरिपरिका सबैलाई भावुक बनायो।
सन्तु महर्जन पनि भन्छिन्—
“मन्त्री घरमै आइदिन्छन् भन्ने त कहिल्यै सुनेको थिइनँ।”
८७ वर्षे वरिष्ठ नागरिकको भावुकता
गुठीको सिँडीमा घाम तापिरहेका ८७ वर्षीय बाबुलाल महर्जन भन्छन्—
“यो उमेरमा मन्त्री आफैँ अगाडि आएर दुःख–सुख सोधेको देख्दा मनभरी खुशी छ।”
‘कालो शिसाको गाडीमा लुकेर होइन, जनता बीच गएर काम गर्ने समय आएको छ’ — मन्त्री खरेल
जनताको सुझाव सुनेपछि मन्त्री खरेल बोले—
“मन्त्री भएँ भन्ने अनुभूति त तब हुन्छ जब सीधै जनताको घरदैलोमा पुगेर उनीहरूको पीर बुझ्न पाइन्छ।
सिंहदरबारमा बसेर जनता बुझिँदैन।”
उहाँले ‘प्रत्येक हप्ता २–३ स्थानमा पुगेर प्रत्यक्ष सुझाव लिने’ योजना पनि सार्वजनिक गर्नुभयो।
जनप्रतिनिधि: ‘उदाहरणीय काम, इतिहासमै पहिलो’
वडा ११ का कार्यबाहक वडा अध्यक्ष जुवन तण्डुकार भन्छन्—
“संघीय मन्त्री घर–टोलमै आइपुगेर जनताको गुनासो सुन्नु— यो त उदाहरणीय अभ्यास हो।”
त्यस्तै वडा सदस्य सचिना परियारले—
“जनताको आँखामा सरकारप्रतिको भरोसा फर्किने काम मन्त्री खरेलले गरे।”
मन्दिर दर्शनदेखि ढुंगेधारा अवलोकनसम्म
मन्त्री खरेलले बंगलामुखी मन्दिर, कुम्भेश्वर परिसर, दुई ढुंगेधारा, कोनाहिटी लगायत ऐतिहासिक संरचनाको विस्तृत अवलोकन गरे।
पुजारी पुष्प कपालीले मन्दिरको वास्तु, संरक्षण समस्या र आवश्यकीय सुधारबारे मन्त्रीलाई जानकारी गराए।
“सिंहदरबारमा नागरिक पुग्दैनन्, त्यसैले मन्त्री नागरिक कहाँ पुग्नुपर्छ” — मन्त्री
मन्त्री खरेलको निष्कर्ष:
“नागरिक सिंहदरबार पुग्न सक्दैनन्। त्यसैले अब सरकारकै जिम्मेवारी— घरमै पुगेर समस्या सुन्ने।”



प्रतिकृया दिनुहोस्