“भारद्वाज गोत्र, दुवाल भट्ट परिवारद्वारा बृहत कुल–पुजा कार्यक्रम गरिदै : गोरखामा चहलपहल बढ्दो”

“भारद्वाज गोत्र, दुवाल भट्ट परिवारद्वारा बृहत कुल–पुजा कार्यक्रम गरिदै : गोरखामा चहलपहल बढ्दो”

गोरखा ठाँटी खबर — १२ मंसिर २०८२, शुक्रवार-
गोरखा जिल्ला, भिमसेन थापा गाउँपालिका–५ मा दुवाल भट्ट भारद्वाज गोत्रका सदस्यहरूबीच हाल सामूहिक उत्साह र तयारी तिव्र बन्दै गएको छ। आफ्नो कुल, संस्कार र परम्परालाई संरक्षण गर्ने उद्देश्यले दुवाल भट्ट परिवारले आगामी २०८२ मंसिर १९ गते दीप प्रज्वलन, बृहत भेला तथा छलफल कार्यक्रम सञ्चालन गर्ने बताएका छन्।

त्यसैगरी २० गते भव्य कुल–पूजा आयोजना हुने जनाइएको छ। आयोजक समुदायले सो अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण भारद्वाज गोत्र-दुवाल भट्ट सदस्यहरूलाई अनिवार्य रूपमा सहभागी हुन आग्रह गरेको छ।


कार्यक्रमका मुख्य आकर्षणहरु  :

🔸 कुल–पूजा तथा विधिवत् वैदिक अनुष्ठान
🔸 परिवारका अग्रज तथा बृद्ध सदस्यद्वारा अनुभव–बाटो
🔸 सांस्कृतिक कार्यक्रम तथा परम्परागत प्रस्तुतिहरू
🔸 समुदायभित्र एकता, पहिचान र संस्कृतिबारे छलफल

कार्यक्रम संयोजकहरूका अनुसार यो पहल दुवाल भट्ट-भारद्वाज गोत्रको मौलिक परम्परा संरक्षण तथा समुदायबीच आपसी एकता मजबुत बनाउने उद्देश्यले गरिएको हो।


उपस्थितीको अपेक्षा : 

परिवारका बृद्ध, सम्मानित व्यक्तित्व, अतिथि तथा सम्पूर्ण दुवाल भट्ट समुदायको उल्लेख्य उपस्थिती रहने बताइएको छ। आयोजकहरूले भनेका छन्—

“आफ्नो मूल, कुल र परम्परालाई जगेर्ना गर्न सबै सदस्यहरूको उपस्थिति अत्यावश्यक छ।”


गोरखा भरि नै यो कुल–पूजा अब ‘समुदायिक एकतालाई बलियो बनाउने ऐतिहासिक अवसर’का रूपमा चर्चामा छ।