विराटनगरमा काव्यको महायज्ञ : अतिथि साहित्यकारको सम्मानमा स्रष्टा भेटघाट तथा सिर्जना वाचन सम्पन्न

विराटनगरमा काव्यको महायज्ञ : अतिथि साहित्यकारको सम्मानमा स्रष्टा भेटघाट तथा सिर्जना वाचन सम्पन्न

विराटनगर, नेपाल — पूर्वको साहित्यिक राजधानी विराटनगर सोमबार साँझ कवितामय बन्यो। काठमाडौंबाट आएका वरिष्ठ साहित्यकार उषा शेरचन, विश्वविमोहन श्रेष्ठ र राजेन्द्र शलभ को सम्मानमा आयोजित “स्रष्टा भेटघाट तथा सिर्जना वाचन” कार्यक्रमले शहरको साहित्यिक तापक्रम चुल्यायो।

पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगर र इन्द्रमोहन श्रेष्ठ गुठी धनकुटाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमले पूर्व–पश्चिमका स्रष्टाहरूलाई एउटै मञ्चमा उभ्यायो। कार्यक्रमको अध्यक्षता प्राध्यापक कविराज न्यौपाने ले गर्नुभएको थियो।

कार्यक्रममा अग्रज कवि राजेन्द्र शलभ, विवश पोखेल, मनु मञ्जिल, बद्री भिखारी, दिङ्लाली कान्छो, देवान किराँती, प्रज्वल परालुली, शंकर सुवेदी उत्स, बाबुराम पोखरेल, राजेन्द्र गुरागाईं, भूषण ढुंगेल, गोकुल अधिकारी, लक्ष्मी पोखरेल, मञ्जुश्री गिरी, मीनकुमार नवोदित, दीपा दाहाल, लक्ष्मण नेवटिया, भेषराज पोखेल र प्रयाग न्यौपाने लगायतका साहित्यकारहरूले आफ्ना सिर्जनाहरू वाचन गरे।

त्यस्तै हरि कट्टेल, शुभलक्ष्मी लम्साल, मीना श्रेष्ठ, उमेश लुइँटेल, प्रतिमा निरौला, धीरज राई, रोहिणी रसिक, चूडामणि नेपाल अकिञ्चन, लक्ष्मी रायमझी, नानुमैया दाहाल, मदन भण्डारी, अम्बिका खरेल उप्रेती र हेमसागर पोखरेल ले पनि कविता, गजल र मुक्तक प्रस्तुत गर्दै वातावरणलाई काव्यमय बनाए।


कार्यक्रममा वक्ताहरूले सम्मानित कविहरूको योगदानको प्रशंसा गर्दै नेपाली साहित्यको समृद्ध भविष्यको कामना गरे। वरिष्ठ कवि उषा शेरचनले महिला आवाजको सशक्त अभिव्यक्तिका लागि प्रेरणा दिनुपर्ने बताइन् भने विश्वविमोहन श्रेष्ठराजेन्द्र शलभ ले साहित्यलाई समाज परिवर्तनको शक्तिका रूपमा हेरिनुपर्ने दृष्टिकोण राखे।

कार्यक्रममा गंगा सुवेदी (अध्यक्ष, चेतना संरक्षण प्रतिष्ठान विराटनगर), डा. विमला श्रेष्ठ, विवश पोखरेल (अध्यक्ष, पूर्वाञ्चल साहित्य प्रतिष्ठान)गोकुल अधिकारी (महासचिव) लगायतले शुभकामना मन्तव्य व्यक्त गरे।