लागूऔषधसहित ४ जना पक्राउ

लागूऔषधसहित ४ जना पक्राउ

🗓 मिति: १६ कात्तिक
नेपालका विभिन्न ठाउँमा आइतबार प्रहरीले अवैध लागूऔषध कारोबारमा संलग्न ४ जनालाई पक्राएको छ!

 उदयपुर:
वेलका नगरपालिका–१ आम्बासीबाट करिब १० किलो २३० ग्राम गाँजा सहित बल बहादुर विक (३२) पक्राउ ।
उनलाई को.२ ह ४२४६ नम्बरको अटोमा गाँजा लुकाएर लैजाँदै गर्दा प्रहरीले पक्राउ गरेको हो ।

 सुर्खेत:
वीरेन्द्रनगर–११ का मन बहादुर बादी (२४) लाई ब्राउनसुगरजस्तो पदार्थ ४० मिलिग्राम र नगद १२,११० रुपैयाँ सहित पक्राउ ।

मोरङ:
विराटनगर–१६ दरैया चोकमा १२.८ ग्राम हेरोइनजस्तो पदार्थ सहित २ जना – रोमन राई (२९) र पूर्ण तामाङ (१९) पक्राउ!

प्रहरीका अनुसार सबै घटनाको थप अनुसन्धान जारी छ ।

नेपालमा लागूऔषधको कारोबार बढ्दै जाँदा सुरक्षा निकाय सतर्क बनेको छ ।