जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ

काठमाडौं, २३ असोज

बाँके, नेपालगंज उपमहानगरपालिका-२ बाईपास रोडस्थिमौरी रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा रेष्टुरेन्टका संचालक सोही ठाउँ बस्ने २८ वर्षीय विज्ञान श्रेष्ठ समेत १४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १३ लाख ६३ हजार ८ सय रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।

दैलेख, नारायण नगरपालिका- दैलेख बजार डेरा गरी बस्ने नौमुले गाउँपालिका-८ चौराठा घर भएका ३६ वर्षीय टोप बहादुर राना मगरको कोठामा जुवातास खेलिरहेको अवस्थामा टोप बहादुर समेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार ८ सय ४० रूपैयाँ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।