नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)को उपाध्यक्षमा कुणाल केयल नियुक्त, निर्देशकमा मार्शल राठौर

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)को उपाध्यक्षमा कुणाल केयल नियुक्त, निर्देशकमा मार्शल राठौर

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)को उपाध्यक्षमा कुणाल केयल नियुक्त हुनुभएको छ । कुणाल केयालले निक्की भित्र नेतृत्वदायी भूमिकामा बिगत ५ बर्षको अनुभव हासिल गर्नुभएको छ ।

उहाँले अघिल्लो कार्यसमितिमा संघको कोषाध्यक्षको रूपमा सेवा निर्बाह गर्नु भएको थियो र हालको कार्यसमितिमा समेत सक्रिय सदस्यको रूपमा संलग्न हुनुहुन्छ। उहाँको नियुक्ति नेपाल–भारतबीचको व्यापार, लगानी र औद्योगिक वृद्धिमा द्विपक्षीय सहकार्य सुदृढ बनाउने निक्कीको प्रतिबद्धताको निरन्तरताको परिचायक पनि हो।

केयलको दक्षता र नेतृत्वले लगानी, व्यापार, पर्यटन, ऊर्जा र जलविद्युत, पूर्वाधार, सेवा, मानव संसाधन, सूचना प्रविधि तथा प्रविधि हस्तान्तरण प्रवद्र्धन गर्न समर्पित द्विपक्षीय चेम्बरको रूपमा, निक्कीको उद्देश्य पूरा गर्न योगदान मिल्नेछ भन्ने विश्वास लिएको छ  । उहाँको सकृय भूमिकाले यी उद्देश्यहरूलाई थप अघि बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।

पेशाले चार्टर्ड एकाउन्टेन्ट रहनुभएका केयल नेपालका एक प्रमुख औद्योगिक तथा व्यापारिक समूह केयाल ग्रुपका निर्देशक हुनुहुन्छ । केयाल ग्रुपले उत्पादन, निर्माण सामग्रीको व्यापार, जलविद्युत तथा सौर्य ऊर्जा, रियल स्टेट, बैंकिङ तथा बीमा, पर्यटन, स्वास्थ्य सेवा लगायत विभिन्न क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गरेको छ । साथै “उहाँ नेपालमा जोर्डनको मानार्थ वाणिज्यदूतको रूपमा समेत कार्यरत हुनुहुन्छ, जसले उहाँलेको अन्तर्राष्ट्रिय क्षेत्रमा रहेको उपस्थिति र अनुभवलाई थप मूल्यवान बनाएको छ ।

यस महत्वपूर्ण नियुक्तिसँगै, निक्कीको कार्यसमितिले मार्शल राठौरलाई निर्देशकमा पदोन्नति गरेको छ । राठौरले यसअघि उप निर्देशकको रूपमा सेवा गर्दै आउनुभएको थियो र उहाँ बिगत २४ वर्षदेखि निक्कीसंग आबद्ध हुनुहुन्छ । युवा र प्रविधी प्रेमी राठौर भक्तपुरको पहिलो एफ एम रेडियो भक्तपुर एफ एम १०५.४ मेगाहर्जका संचालक तथा मिडिया ठाँटी प्रा.लि द्वारा संचालित ठाँटी खबर डट कम (www.thantikhabar.com) को प्रमुख सहल्लाकारको अभिभावकिय भूमिकामा समेत उहाँ सकृय हुनुहुन्छ जुन मिडिया युवाहरुको संलग्नतामा संचालित छ । उहाँको दीर्घकालीन योगदान तथा संस्थागत ज्ञानले संघको सञ्चालन क्षमता र संस्थागत प्रदर्शनलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ।