पटका बरामद

पटका बरामद

काठमाडौं, २२ असोज

​कञ्चनपुर, बेलौरी नगरपालिका-१० भुडास्थित बाटोनजिकैबाट करिब १ लाख ४० हजार ९ सय ७७ रूपैयाँ मूल्य बराबरको पटका २९ बट्टा मंगलबार राति प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बेल्डाडीबाट खटिएको प्रहरीले उक्त पटका फेला पारी बरामद गरेको हो ।

​सर्लाही, ईश्वरपुर नगरपालिका-९ रामनगरस्थित सडकबाट करिब ६५ हजार ५ सय रूपैयाँ मूल्य बराबरको पटका मंगलबार राति प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको प्रहरीलाई देख्नासाथ हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्तिले उक्त पटका फाली फरार भएपश्चात प्रहरीले उक्त पटका बरामद गरेको हो ।

​उदयपुर, त्रियुगा नगरपालिका-६ बाट करिब ५० हजार रूपैयाँ मूल्य बराबरको पटका बुधबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी लालपताबाट खटिएको प्रहरीले काठमाडौंबाट गाईघाटतर्फ आउँदै गरेको प्र.३-००१ ख २५१० नम्बरको बस तलासी गर्दा डिक्कीमा रहेको उक्त पटका फेला पारी बरामद गरेको हो ।

​यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।