करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

रौतहट, १९ असोज

चन्द्रपुर नगरपालिका-९ चेतनगर बिर्ता बस्ने २८ वर्षीया मिन्कु देवी साहको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ ।

आफ्नै घरमा विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको चपुरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।