छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु

काठमाडौं, असोज    

पाँचथर, कुम्मायक गाउँपालिका-३ कार्तिकेस्थित तमोर करिडोर सडक खण्डमा ताप्लेजुङबाट धारानतर्फ जादै गरेको मे.१ ज ३०५५ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई सडकदेखि करिब ३ सय मिटर तल खसेर शनिबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार ३ जना पुरूष र ३ जना महिला गरी ६ जनाको मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका गाडीमा सवारमध्ये जनालाई उपचारको लागि धरानतर्फ र १ जनालाई जिल्ला अस्पताल फिदिमतर्फ पठाएको छ ।

काठमाडौं, टोखा नगरपालिका-३ शेर्पा पेट्रोल पम्प नजिक सडकमा बा.प्र-०२-०४९ प ०१९४ नम्बरको मोटरसाइकल अनियान्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक टोखा नगरपालिका-२ चण्डेश्वरी बस्ने ३ वर्षीय सुरेश डंगोलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रेण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दोलखा, कालिन्चोक गाउँपालिका-९ सुन्द्रावतस्थित सडकमा चरिकोटबाट लापिलाङतर्फ जादै गरेको बा.प्र.०१-०२६ च ०८३६ नम्बरको बलेरोबाट खसेर बलेरोमा सवार बैतेश्वर गाउँपालिका-३ बस्ने ३० वर्षीय सरोज दाहालको शुक्रबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल शाखा अस्पताल दोलखा हुँदै मध्यपुर थिमी अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ, उर्लाबारी नगरपालिका-९ भोटेपुलस्थित सडकमा प्रदेश १-०२-०५७ प ६०९० नम्बरको स्कुटर अनियन्त्रि भई शुक्रबार राति दुर्घटना हुँदा चालक उर्लाबारी नगरपालिका-२ बस्ने ४२ वर्षीय प्रेम राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीरघाते भएका उनको अरनिको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सप्तरी, तिरहुत गाउँपालिका-१ धनपुरीस्थित सडकमा काठमाडौंबाट धरानतर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख २५८२ नम्बरको हाईसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५वर्षीया जगिया देवी सुढी पंजियारको शुक्रबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको विराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । हाईस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषा, मिथिला नगरपालिका-६ ढल्केवरस्थित सडकमा जनकपुरबाट बर्दिवासतर्फ जादै गरेको म.प्र.०२-००७ प ९९८२ नम्बरको मोटसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटनाहुँदा चालक मिथिला नगरपालिका-बस्ने २३ वर्षीय सन्तोष महतोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको  हो ।

कपिलवस्तु, शिवराज नगरपालिका१ बनकसबासस्थित सडकमा धनगढीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ख ५७०३ नम्बरको बस अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा बसमा सवार डोटी दिपायल सिलगढी नगरपालिका-१ टिखा बस्ने १८ वर्षीया सरस्वती खड्काको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको लुम्बिनी सिटअस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवारमध्ये ३ जनाको सोही अस्पतालमा, १२ जनाको चौराहा अस्पताल बुटवलमाजनाको सन्जिनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

कैलाली, धनगढी उपमहानगरपालिका बोराडाँडीस्थित सडकमा धनगढीबाट पोखरातर्फ जाँदै गरेको .२ ख १९०७म्बरको बसको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-बस्ने ६० वर्षीय गणेश शाहीको शनिबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । बसले पैदलयात्रीलाई ठक्कर दिई अनियन्त्रित भई दुर्घटना समेत भएको थियो । दुर्घटनामा घाइते भएका बसमा सवार २० जनामध्ये जनाको मायामेट्रो अस्पतालमा, ४ जनाको जिवन अस्पतालमा, जनाको स्वस्तिक कार्डियो अस्पतालमा र ३ जनाको निसर्ग अस्पतालमा उपचार भइरहेको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धागरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ ।