नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली मदन–आश्रित स्मृति प्रतिष्ठानको ३१औँ साधारण सभाबाट अध्यक्ष पदमा सर्वसम्मत चयन

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली मदन–आश्रित स्मृति प्रतिष्ठानको ३१औँ साधारण सभाबाट अध्यक्ष पदमा सर्वसम्मत चयन

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली मदन–आश्रित स्मृति प्रतिष्ठानको ३१औँ साधारण सभाबाट अध्यक्ष पदमा सर्वसम्मत चयन हुनु भएको छ। प्रतिष्ठानको नेतृत्व सम्हाल्ने अवसर प्राप्त गर्नुभएका ज्ञवाली पार्टीभित्र विचार, अनुसन्धान र सैद्धान्तिक प्रशिक्षणमा गहिरो सरोकार राख्ने शालीन र बौद्धिक नेताका रूपमा चिनिनुहुन्छ।

पूर्व परराष्ट्र मन्त्रीसमेत रहनुभएका ज्ञवाली लामो समयदेखि एमालेको नीति, विचार र अन्तर्राष्ट्रिय सम्बन्धको पक्षमा सक्रिय रहनु भएको छ। उहाँको नेतृत्वले प्रतिष्ठानलाई अझ वैचारिक रूपमा सबल बनाउने अपेक्षा गरिएको छ।

साधारण सभामा प्रतिष्ठानको भावी योजना, वैचारिक उत्पादन, स्मृति ग्रन्थ प्रकाशन र प्रशिक्षण कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले मदन भण्डारी र जीवराज आश्रितको योगदान स्मरण गर्दै उहाँहरूको विचारलाई आजको सन्दर्भमा जीवन्त बनाउने आवश्यकता औँल्याउनु भएको थियो।

ज्ञवालीले प्रतिष्ठानलाई मुलुकको विचार निर्माण र अनुसन्धानको प्रमुख थलो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

✍🏻✍🏻📸📸 Nabaraj Pathik