मिडिया ठाँटी प्रा. लि. को दोश्रो वार्षिक उत्सव साथमा बृहत सम्मान कार्यक्रम सम्पन्न !

मिडिया ठाँटी प्रा. लि. को दोश्रो वार्षिक उत्सव साथमा बृहत सम्मान कार्यक्रम सम्पन्न !

मिडिया ठाँटी प्रा. लि. को दोश्रो वार्षिक उत्सव साथमा बृहत सम्मान कार्यक्रम सम्पन्न भएको छ। संस्थाका अध्यक्ष श्री कमला भट्ट ज्यू, को अध्यक्षतामा संचालन भएको उक्त बार्षिक उत्सव साथमा बृहत सम्मान कार्यक्रमको प्रमुख आतिथ्यता नेकपा (एमाले) का उपमहासचिब साथै पुर्व पररास्ट्र मन्त्री श्री प्रदिप ज्ञावाली ज्यू, ले संम्बोधन गर्नु भएको थियो।


उक्त कार्यक्रममा विशिष्ट अतिथिहरुमा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष साथै आई. एम. एस. ग्रुपका अध्यक्ष श्री दिपक मल्होत्रा ज्यू , नेपाल टेलिभजनका पुर्व अध्यक्ष साथै अस्टेलियाका लागी नेपालका पुर्व राजदुत श्री महेस दाहाल ज्यू, साथै गोरखापत्रका पुर्व-कानुनी सहल्लाकार एवम् मिडिया ठाँटी प्रा. लि. का कानुनी सहल्लाकार अधिबक्ता श्री कुमार प्रसाद भट्टराई ज्यू, रहनुभएको थियो।

कार्यक्रमका सभाध्यक्ष प्रमुख अतिथी, विशिष्ट अतिथीहरु, अतिथीहरु, पत्रकारहरु साथै सम्पुर्णमा मिठो माया र आभारका साथ स्वागत मन्तब्य मिडिया ठाँटी प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत दामोदर भट्ट ज्यू, ले संबोधन गर्नु भएको थियो।


कार्यक्रममा प्रमुख अतिथीको संबोधन गर्दै नेकपा एमालेका उपमहासचिब साथै पुर्ब पररास्ट्र मन्त्री प्रदिप ज्ञावाली ज्यू, ले संस्थाको उत्तरोत्तर प्रगतिको कामना ब्यक्त गर्दै पत्रकारिता जगत देश र जनताको हित, भलाई र सकारात्मक संदेश जाने तर्फ उन्मुख हुनुपर्ने बताउनु भयो।


उक्त कार्यक्रममा बिसिस्ट अतिथीको संबोधन गर्दै नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष साथै आई. एम. एस. ग्रुपका अध्यक्ष श्री दिपक मल्होत्रा ज्यू ले मिडिया ठाँटी प्रा. लि. को उत्तरोत्तर प्रगतीको कामना ब्यक्त गर्नु भयो।


त्यसै गरी कार्यक्रमका बिसिस्ट अतिथी नेपाल टेलिभजनका पुर्व अध्यक्ष साथै अस्टेलियाका लागी नेपालका पुर्व राजदुत श्री महेस दाहाल ज्यू, ले यो उत्सब जुन उत्साहका साथ आयोजना गरियो आगमि वर्षहरुमा पनि यसै गरी निरन्तरता पाई राखोस्, भन्ने सुभेक्छा प्रकट गर्नु भयो।

कार्यक्रममा योग गुरु गम्भिर श्रेष्ठ ज्यूले योग प्रशिक्षण दिदै जिउने कलाको अभ्यास गराई कार्यक्रम लाई थप उर्जा प्रदान गर्नुभएको थियो।
कार्यक्रममा पिस मास्टर साथै FFWTU SOUTH ASIA, PRESIDENT कृस्ण अधिकारी ज्यू, ले विश्व शान्तिको कामना गर्दै द्वन्द रहित आनन्दित जिवन जिउने प्रेरणा प्रदान गर्नुभयो।

गितान्जली कलेज ( नयाँ बजार ) का भाई-बहिनिहरुले नेपाली पोसाकमा सजिएर आफ्नो दमदार सामुहिक नृत्य प्रस्तुत गरी समारोह लाई रोचक साथै थप उर्जा प्रदान गरेका थिय।
उक्त कार्यक्रममा गायक सन्देस बिश्वकर्मा ज्यू, ले आफ्नै स्वरको राष्ट्रीय गीत “सिर माथी ढाका टोपी” साथै अन्य गित मार्फत समारोहको माहोल अझै तताएका थिए।

कार्यक्रममा समाज सेवी, राष्ट्रीय तथा अन्तर्राष्ट्रिय जगतमा ख्याती प्राप्त ६० जना ब्यक्तित्वहरु साथै मिडिया ठाँटी प्रा. लि. का उत्कृस्ट कार्य संपादन गर्ने क्रमस : प्रबन्ध निर्देशक श्री खडानन्द भट्ट, प्रमुख कार्यकारी अधिकृत श्री दामोदर भट्ट, रोपिर्टर हरुमा क्रमश : प्रबिण तिमील्सेना, अस्मिता भट्ट र अर्चना भट्ट गरी ५ जना लाई प्रमुख अतिथीको हातबाट सम्मान गरिएको थियो।


कार्यक्रमको समापन गर्दै संस्थाका प्रबन्ध निर्देशक श्री खडानन्द भट्ट ज्युले मिडिया राज्यको चैथो अङ्ग भएकोले देश र जनाताको उत्थानको लागी मिडिया जगतले मुख्य भूमिका खेल्ने भन्दै संचार जगत लाई राज्यको तर्फबाट साथ सधै रहनुपर्ने बताउदै कार्यक्रमका प्रमुख अतिथी, बिसिस्ट अतिथीहरु, विशेष अतिथीहरु, अतिथी गणहरु र संपुर्ण पत्रकार हरुमा आभार ब्यक्त गर्दै उक्त समारोहको समापन गर्नुभयो। त्यस पच्चात दिवा भोजमा परिणतभै उक्त समारोह भब्यताका साथ टुङिएको थियो।

उक्त कार्यक्रम को मुख्य प्रायोजन आई एम. एस ग्रुप ले गरेको थियो भने बैंकिङ पार्टनरमा प्रभु बैंक रहेको थियो।

त्यसैगरी एजुकेसन पार्टनरमा क्रमश : मनास्लु वर्ल्ड कलेज, गितान्जली कलेज, Asia Pacific School, Laboratory Secondary School, नवरत्न टेल्निकल ट्रेनिङ्ग ईन्सिच्युट, सिद्धार्थ बनस्थली ईन्सिच्युट लगाएतले साथ दिएका थिए साथै स्पोन्सरहरु क्रमस : त्रिकोण एजेन्सी, बिकु वाटर सोलुसन, मिलिजुली सामाजिक प्रतिस्ठान, ईनोभेटिभ ईन्जिनिएरिङ्ग सर्भिस प्रा. लि. मदर ल्याण्ड सेक्योरेटी सर्भिस प्रा.लि., खोटाङ हलेसी सुन चाँदी पसल, गणेशमान कृष्ण प्यारी सैंजु स्मृती प्रतिस्ठान लगाएतले साथ दिएका थिए।