नेपाल–भारतबीच व्यापार र लगानी प्रवद्र्धनका लागिनिक्की र फिक्कीबीच समझदारी

नेपाल–भारतबीच व्यापार र लगानी प्रवद्र्धनका लागिनिक्की र फिक्कीबीच समझदारी

काठमाडौं÷नयाँ दिल्ली, असार १५नेपाल भारतबीचको आर्थिक सहकार्यलाई थप सुदृढ बनाउनेउद्देश्यसहित नेपालभारत चेम्बर अफ कमर्स एण्डइन्डस्ट्री (निक्की) फेडेरेसन अफ इन्डियन चेम्बरअफ कमर्स एण्ड इन्डस्ट्री (फिक्की)ले आपसीव्यापार, लगानी तथा सीमापार ब्यापार प्रवद्र्धन गर्नसंयुक्त रूपमा काम गर्ने सहमति गरेका छन्।

निक्कीका अध्यक्ष सुनिल केसी फिक्कीकीमहाप्रबन्धक ज्योति विजद्वारा यस नयाँ दिल्लीमाहस्ताक्षर गरिएको समझदारीका अनुसार दुबैंस्थाले ब्यापारिक प्रतिनिधिमण्डलकोआदानप्रदान, सूचनाको साझेदारी, संयुक्तप्रवद्र्धनात्मक कार्यक्रमहरू आयोजना गर्नेछन्।

समझदारीअनुसार निक्की नेपालका लागि फिक्कीकोविशेष साझेदारका रूपमा रहनेछ भने फिक्कीभारतका लागि निक्कीको विशेष साझेदार रहनेछ।समझदारीमा दुवै पक्षले व्यापार लगानी सम्बन्धीविविध प्रकाशन तथ्याङ्क नियमितरूपमाआदानप्रदान गर्ने पनि उल्लेख गरिएको छ।

हामी प्रत्येक वर्ष कम्तीमा एउटा प्रमुख संयुक्तकार्यक्रम आयोजना गर्नेछौं नेपाल तथा भारतकाव्यवसायीहरूबीच प्रतिनिधिमण्डलकोआदानप्रदानलाई सहयो गर्नेछौं, ल्क्ष्ऋऋक्ष् अध्यक्षसुनिल केसीले बताए। उनले थपे, हाम्रो साझेदारीलेसंयुक्त अध्ययन, बजार सर्वेक्षण तथा आर्थिकचासोका नयाँ क्षेत्र पहिचान गर्न प्रकाशन आदानप्रदानसमेत समेट्नेछ।

फिक्कीकी महाप्रबन्धक ज्योति विजले पनि आर्थिकसम्बन्धलाई सुदृढ बनाउने दुवै संस्थाको साझाजिम्मेवारी रहेको बताइन्। हामी आफ्नो देशकाप्रमुख व्यवसायिक संस्थाका रूपमा भारत नेपालबीचको व्यापार तथा लगानी सम्बन्ध बलियोबनाउने प्रतिबद्धताका साथ अघि बढिरहेका छौं, उनलेभनिन्।

१९२७ मा महात्मा गान्धीको सल्लाहमा स्थापनागरिएको फिक्की भारतको सबैभन्दा पुरानो प्रभावशाली व्यापार संगठन हो। नयाँ दिल्लीमामुख्यालय रहेको यस सस्थामा सार्वजनिक तथा निजीक्षेत्रका ,५०,००० भन्दा बढी कम्पनीहरू आवद्ध छन्।नीति सुधार, आर्थिक वृद्धि, नवप्रवर्तन लगानीप्रवद्र्धनमा यसले अग्रणी भूमिका खेल्दै आएको छ।

त्यसैगरी, सन् १९९३ मा प्रभाकर राणाद्वारा स्थापनागरिएको निक्की एक द्विदेशीय, गैरनाफामूलकव्यवसायिक संस्था हो। यसले नेपालभारतबीचव्यापार, लगानी तथा आर्थिक सहकार्यलाई प्रवद्र्धनगर्दै आएको छ। यो संस्था दुवै देशका व्यवसायी संस्थाहरूबीच पुलको रुपमा काम गर्दै, रणनीतिकसाझेदारी, बजार विश्लेषण, नीतिगत संवाद ऊर्जा, पर्यटन, पूर्वाधार तथा उद्योग क्षेत्रमा सहकार्यकोप्लेटफर्म प्रदान गर्छ। नेपालस्थित भारतका राजदूतनिक्कीका संरक्षक हुन्। हाल निक्कीका संरक्षकराजदूत नवीन श्रीवास्तव हुन्।

यो सम्झौताले दुई दक्षिण एशियाली छिमेकीदेशबीचको लामो समयदेखिको आर्थिकअन्तरनिर्भरतालाई औपचारिक बनाएको छ। दुवैसंगठनले सीमापार कारोबारमा भइरहेका चुनौतीहरूसमाधान गर्दै नयाँ सम्भावनाहरूको उपयोग गर्ननजिकबाट सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।निक्कीका सदस्यहरूले नेपालको व्यापार अर्थतन्त्रविस्तारका लागि फिक्कीका सबै स्रोत नेटवर्ककोप्रयोग गर्न सक्नेछन्।

सम्झौताअनुसार दुवै चेम्बरहरूले नेपाल भारतबाहेकबीबीआइएन बिमस्टेक क्षेत्रका सहकार्यमा समेतकाम गर्नेछन्। हाम्रो साझेदारी केवल द्विपक्षीयव्यापार तथा आर्थिक सम्बन्धम सीमित छैन, योत्यसभन्दा टाढासम्म फैलिएको , निक्कीका अध्यक्षकेसीले बताए।

उनले थपे, हामी अब निक्कीफिक्की ट्रर्याक .पहल सुरु गर्दैछौं, जसमा दुवै संस्था तथा सरकारकाप्रतिनिधिहरूको सहभागिता रहनेछ। यस पहललेलगानी प्रवद्र्धन गर्ने हाल नेपालमा बढेको लगानीकोआकांक्षालाई पूर्ति गर्न मद्दत गर्नेछ।