इटहरीमा राति चलिरहेको थियो जुवाको खाल! नगद २ लाख ३१ हजारसहित ५ जना पक्राउ

इटहरीमा राति चलिरहेको थियो जुवाको खाल! नगद २ लाख ३१ हजारसहित ५ जना पक्राउ

सुनसरीको इटहरीमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको टोलीले गए राति विशेष सुराकीको आधारमा छापा मार्दै उनीहरूलाई जुवाको खालबाटै नियन्त्रणमा लिएको हो।

इटहरी उपमहानगरपालिका-१७ बाट पक्राउ पर्नेमा धादिङ ज्वालामुखी गाउँपालिका-२ घर भएका २७ वर्षीय नारायण श्रेष्ठ लगायत ५ जना रहेका छन्। रातिको समयमा लुकिछिपी जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा पुगेको प्रहरी टोलीले उनीहरूलाई रंगेहात पक्राउ गर्न सफल भएको हो।

प्रहरीले जुवाको खालबाट नगद २ लाख ३१ हजार १ सय ७० रूपैयाँ र १ बुक तास समेत बरामद गरेको छ। सार्वजनिक स्थान तथा घरहरूमा अवैध रूपमा हुने यस्ता गतिविधिहरूले समाजमा विकृति बढाउने भन्दै प्रहरीले निगरानी कडा पारिएको जनाएको छ।

पक्राउ परेका सबै जनाविरुद्ध जुवा ऐन अन्तर्गत आवश्यक अनुसन्धान तथा कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ।

कानूनी चेतावनी:
जुवा खेल तथा जुवाजन्य गैरकानूनी गतिविधिहरू कानुनविपरीत हुन्। यसले व्यक्ति, परिवार र समाजलाई नै आर्थिक तथा सामाजिक संकटमा धकेल्ने भएकाले यस्ता गतिविधिबाट टाढै रहन सम्बन्धित निकायले सबैमा आग्रह गरेको छ।