फ्रिज सफा गर्ने क्रममा करेन्ट लाग्दा स्याङ्जामा ३४ वर्षीया महिलाको मृत्यु

फ्रिज सफा गर्ने क्रममा करेन्ट लाग्दा स्याङ्जामा ३४ वर्षीया महिलाको मृत्यु

स्याङ्जा, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

अर्जुनचौपारी गाउँपालिका–५, आरचौरकी ३४ वर्षीया शान्ती सिग्देलको बुधबार दिउँसो आफ्नै घरमा फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।

करेन्ट लागेर गम्भीर घाइते भएकी सिग्देललाई तत्काल प्राथमिक स्वास्थ्य चौकी लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि गण्डकी अस्पताल, पोखरा लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।