तीन ठाउँमा तीन जना मृत अवस्थामा फेला

तीन ठाउँमा तीन जना मृत अवस्थामा फेला

काठमाडौं, काठमाडौं, सुर्खेत र नवलपरासी पूर्वका छुट्टाछुट्टै स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन्। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

काठमाडौंमा चन्द्रागिरी नगरपालिका–२ परियारटोलमा रोल्पा माडी गाउँपालिका–२ घर भएका ३० वर्षीय ओमप्रकाश घर्ती मगर आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन्।

त्यस्तै, सुर्खेतमा वीरेन्द्रनगर नगरपालिका–३ त्रिवेणी टोलमा दैलेख भैरवी गाउँपालिका–७ घर भएका ३५ वर्षीय कृष्ण अधिकारी सोही स्थानस्थित नालामा आइतबार मृत अवस्थामा फेला परेका छन्।

नवलपरासी पूर्वमा देवचुली नगरपालिका–१२ गैँडीका ६७ वर्षीय दिलबहादुर पुलामी मगर सोही नगरपालिका–११ पृथ्वीनगरस्थित कुलोको कल्भर्टमा आइतबार मृत अवस्थामा फेला परेका छन्।

तीनवटै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।